Advertisement
SKIP THIS

कोरियाको बिकास मोडल सिक्न पूर्व अर्थमन्त्रीको टोली कोरियामा


 

सोल –  दक्षिण कोरियाले ४० बर्षको अबधिमा कसरी बिकासको फड्को मार्यो भन्ने बारेमा सिक्ने मुख्य उद्धेश्यसहित पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा एक प्रतिनिधिमण्डल सोल आईपुगेको छ ।

 

 
कोरिया सेमाउल उन्दोड.को निमन्त्रणमा सोल गएको पाण्डे नेतृत्वको टोलीले बिकासबादी मोडल सेमाउल उन्दोड.को दश दिने बिश्व सम्मेलनमा सहभागिता जनाउनुका साथै कोरियाली प्रबिधि र सहयोग नेपाल भित्र्याउने बारेमा छलफल गर्नुहुने बताईएको छ ।

 

 

कोरिया ४० बर्ष पहिले नेपाल भन्दा गरीब र बिपन्न रहेकोमा सेमाउल उन्दोड. नामक ग्रामिण बिकास अभियान मार्फत कृषिमा आधुनिकीकरण गर्दै बिश्वको ११ धनी अर्थतन्त्रमा रुपान्तरित भएको हो ।

 

 

पाण्डे नेतृत्वको टोलीमा जिविसका कर्मचारीहरु बलराम लुइंटेल, रामहरी न्यौपाने, गौरीकान्त भट्टराई, बीबीसी नेपाली सेवाका पत्रकार र्इश्वरकुमार जोसी, पिप्ले नमूना सेमाउल गाउँका कृष्णराज पन्त, बिरबहादुर तामाङ तथा नेपाल सेमाउल केन्द्रिय परिषदकी र्इश्वरी पाण्डे छन ।

 

 

कोरियामा पिप्लेका किसान वीरबहादुर रार्इलार्इ सेमाउल सडक परियोजनामार्फत पिप्लेलार्इ सहरीकरण गर्न पूर्ण रुपले सफल भएकोमा सेमाउल एवार्डबाट पुरस्कृत गरिने नेपाल सेमाउलका अध्यक्ष डा. नबराज पन्तले जानकारी दिनुभयो ।

 

 

संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडीपीले सन् २०१५ बाट विश्वबाट गरिबी उन्मुलन गर्न विश्वभर सेमाउल गाइड लाइन प्रस्तुत गरेको छ । नेपाल समोउल उन्दोड. सेन्टरले चितवनको पिप्लेमा कोरियाली मोडलको बिकास कार्यक्रम संचालन गरिरहेको छ । नेपालको चितवन जिल्लास्थित पिप्ले गाबिसमा सेमाउलको सफल प्रयोग भए पश्चात सन् २०१३ मा नेपाल सेमाउलका अध्यक्ष नवराज पन्तलाई कोरियाको सरकारले राष्ट्रपतीय अवार्डले सम्मान गरेको थियो भने अहिले १६ वटा देशका ६२ वटा गाउँहरुमा सेमाउल अभियान संचालन गरिएको छ ।

 

 

कोरियाले कोरियाली सहयोग नियोग कोइकामार्फत नबलपरासी जिल्लामा बिकास आयोजना संचालन गर्ने गरी ८० करोड रुपैया परिचालन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...