शुभकामना आदानप्रदान गर्दैं अनलाईन वेभ टिभिको तिहार कार्यक्रममा रमाए नेपाली


सोल-दक्षिण कोरियाको राजधानी सोल नजिकैं होङ्दे स्टेसनस्थित रहेको शान्ती-१ रेष्टुरेन्टमा भेला भएका शनिबार दिदीबहिनीहरुबाट उपस्थित दाजुभाइले टिका लाउनुका साथैं शुभकामना आदानप्रदान गर्दैं दिपावली मनाएका छन् ।अनलाइन वेभ टिभिले आयोजना गरेको रमाईलो देउसी भैंलो तथा दिपावली साँझ २०७२ मा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

 

देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराकोसाथ आयोजन गरिएको सो कार्यक्रममा प्रमुख अतिथि एसिया प्यासिफिक पुर्व संयोजक गंगाराज राई सो कार्यक्रममा बोल्दैं भने प्रवासमा आएर नेपाली संस्कृतिलाई चिनाउनुको साथैं यसलाई जगेर्ना गर्नुपर्ने बताए ।12255521_10205305120329146_167536465_o 12268486_10205305119169117_457235036_o

 

एन आर एन दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले सांस्कृतिक र भाषिक विविधिता भएको हाम्रो देश नेपाल मौंलिक संस्कृतिमा धनी रहेको हुनाले यसलाई नेपालीहरुले आफुसंगैं कला संस्कृति लिएर जाने भएकाले विश्वव्यापीकरण हुदैं गएको बताए ।
त्यसैंगरी महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकालीले हामी नेपाली जहाँ रहेपनि एक सम्पुर्ण एक जुट भएको संदेश प्रवाह गर्न आजको आवश्यकता भएको औंल्याईन् । नेपाली दिदीबहिनीहरु अहिले हरेक क्षेत्रमा आवद्ध रहदैं आएका छन् जसले नेपाली दिदीबहिनीहरुमा चेतना अभिवृद्धि भएका बताइन् ।
12268662_10205305159170117_1584535683_o

नेपाली वेभ टिभिका संस्थापक निर्देशक ऐश्वर्य श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा एन आर एन उपाध्यक्ष जुनु गुरुगं र लक्ष्मी गुरुंग,एनसिसि उपाध्यक्ष जीत गुरुंग,एनआर एन सचिव राजुसंतोषी थापा,पुर्वाञ्चल सरोकार मञ्चका अध्यक्ष काजी नेपाल,जनाधिकार मञ्च दक्षिण कोरियाका कार्यकारी अध्यक्ष गणेश कालीकोटे लगायतको उपस्थिती रहेको थियो ।

 

मेघप्रसाद बाईबा र सपना सुनुवारले संयुक्त रुपमा कार्यक्रम चलाएका थिए भने अनलाईन वेभ टिभिका व्यवस्थापक तथा कार्यक्रम संयोजक उमेश राईले स्वागत मन्तव्य दिएका थिए ।देउसी भैंलो खेल्नुका साथैं स्थानीय कलाकार साम लिम्बू, अशोक थुलुंग,जीवन लामा लगायतले भरपुर मनोरञ्जन दिलाएका थिए ।

11991331_10205305124889260_143431038_o 11984597_10205305160050139_389758656_o

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...