Advertisement
SKIP THIS

अब देखि कोरियावाट पठाएको पैसा बैधानिक रुपमा एकै दिनमा नेपालमा पाउने


सोल – ग्लोबल आइएमइ बैंक र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (ईबिके) बीच गत शुक्रबार रेमिट्यान्स कारोवार सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स एकै दिनमा आफन्तहरुले प्राप्त गर्न सक्ने छन् |

 

 

सम्झौतापत्रमा – ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र आईबिके बैकका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरेका थिए |

 

 

दुई बैक बीच भएको रेमिट्यान्स सम्झौतावाट कोरियामा रहेको ३३ हजार भन्दा बढी नेपाली लावान्धित हुने अपेक्षा गरिएको छ | कोरियामा कार्यरत ९०% भन्दा बढी नेपालीहरुले अबैध हुण्डी मार्फत पैसा पठाउने गर्छन |

 

 

पछिल्लो चरणमा नेपाल सरकारले अबैध हुण्डी कारोवार रोक्न कडा नीति अपनाउने संकेत दिएको छ | केही हप्ता अघि मात्र काठमाडौ अबैध रुपमा संचालित सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारि ९ जना पक्राउ गरि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको थियो |

 

 

नेपालीहरुले दु:ख गरेर कमाएको पैसा बैधानिक रुपमा सहज , सरल र सुरक्षित तरिकाले नेपाल पठाउन ब्यबस्था गरेको बजार व्यवस्थापक बबी राज मुल्मीले फोनिजकोरियालाई बताए | नेपालीहरुलाई सुबिधाको लागि आन्सान र सोलको ईथेवनमा हरेक आईतबार खाता खोल्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए |

खाता खोल्दा आवश्यक पर्ने कागज पत्रहरु

१ – पासपोर्ट
२ – फोटो (दुई प्रति )
३ – एलियन कार्ड
पुनश्च – पुरानो खाता हुनेहरुले यो सुबिधा लिन खाता रीकनेक्ट गर्नु पर्ने छ | आन्सान र ईथेवन आउन नसक्नेले आईबिके बैकको कुनै पनि शाखामा खाता खोलेर ग्लोबल आइएमइ बैंक कोरियाका बजार व्यवस्थापक बबी राज मुल्मीको ईमेलमा खाताको डिटेल पठाएर सुबिधा लिन सक्नु हुनेछ |

 

 

थप जानकारीको लागि –

 

बबी राज मुल्मी – ०१०- ५८५४ -५३८६
ईमेल ठेगाना – [email protected]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...