ग्लोबल आइएमई बैंक र आईबिके बैंकबीच सम्झौता , रेमिट्यान्स पठाउन सहज हुने
सोल – कोरियामा कार्यरत नेपालीहरुलाई सहजरुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमइ बैंकले कोरियाको सरकारी बैंक, इन्ड्स्टि्रयल बैंक अफकोरिया ( आईबिके)सँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ |
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीर इन्ड्स्टि्रयल बैंक अफकोरियाका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरे । हाल नेपालीहरुको बाक्लो उपस्थिति रहेको कोरियामा यस रेमिट्यान्स सेवाबाट आफूले आर्जन गरेको रकम पठाउन छिटो र सरल हुने विश्वास गरिएको छ ।
सम्झौताअनुसार कोरियामा स्थित इन्ड्स्टि्रयल बैंक अफ कोरिया को ६४४ वटा शाखाकार्यालयबाट सीधै ग्लोबल आइएमइ बैंकमा रहेको आफ्नो खातामा रेमिट्यान्स पठाउन सकिने छ र पठाएको रकम ग्लोबल आइएमइ बैंकको ८८ वटा शाखा कार्यालयबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
हाल कोरिया ३३ हजार भन्दा बढी नेपाली कार्यरत छन् | महिनाको डेढ लाखको हाराहारीमा मासिक कमाई हुने कोरियामा कार्यरत ९० % भन्दा बढी नेपालीले अबैध हुण्डी मार्फत पैसा पठाउने गर्छन |