समाजसेवी जुनुलाई कोरियाको सम्मान


बाला राई

व्यस्त सहर कोरिया, समयको गतिसँगै पाइला चाल्न खप्पिस यहाँका बासिन्दाहरु । यहि भिडमा हजारौं नेपालीहरु पनि मेशिनको पाटपुर्जासँगै व्यस्त रहन्छन् दिनरात । यिनै व्यस्तताभित्र अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा अल्झिएका नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु पनि प्रसस्तै भेटिन्छन् यहाँ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । हो, यस्तै तन मन र निश्वार्थ भावनाले लामो समयदेखि सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेलीलाई हालै कोरियन सरकारले मानार्थ नागरिकता प्रदान गरेर उच्चसम्मान गरेको छ । कोरियामा रहेर नेपाली समुदायबिच पुर्याएको विशेष योगदानको कदर गर्दै नेपाली चेली जुनु गुरुङलाई कोरियन सरकारले मानार्थ नागरिकता प्रदान गरेको हो ।

 

 

सन् २००७ मा व्यापारिक भिषामा दक्षिण कोरिया आएकी जुनुले महिलाका लागि महिला (वुमन फर वुमन) नामक संस्थामार्फत् दुःख पाएका नेपाली चेलीहरुको उद्दार तथा सहयोग गर्दै आएकी छिन् । प्रवासी भूमिमा समस्यामा परेका नेपाली चेलीहरुको सहयोगमा निश्वार्थ भावनाले लाग्दै आएकी जुनु कोरियन सरकारले यसरी आफ्नो कामको मुल्यांकन गर्दै उनलाई गरेको सम्मानप्रति आभार व्यक्त गर्दै भन्छिन्, ‘राम्रो काम गर्नेको एक दिन न एक दिन अवश्य सहि मुल्यांकन हुने रहेछ । बौद्धिकवर्गबाट मेरो कामको कदर गरियो । अझ समाजका लागि केही गर्ने जोश र हौसला मिलेको छ ।’

 

सानैदेखि सामाजिक कार्यमा संलग्न रहदै आएकी लमजुङकी जुनु गाउँकै विद्यालयबाट एसएलसी सकेर २०५२ सालमा उच्च शिक्षा हासिल गर्न काठमाडौं आइन् । पछि काठमाडौंमै विवाह गरेकी उनले श्रीमानसँग पास्मिना व्यवसाय गर्दै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय रहिन् । ललितपुरमा बसोबास गर्ने गुरुङ समुदायबिचको समाजिक संस्थामार्फत् आर्थिक संकलन गरेर दुःख पाएका तथा विरामीहरुको सेवामा हरपल लाग्दै आइन् । पास्मिना व्यापारलाई जापानमा समेत पुर्याएका जुनु र उनका श्रीमानले अन्ततः कोरियालाई आफ्नो व्यवसायिक थलोको रुपमा छाने । परिवारसहित कोरियाको राजधानी सोलमा शुभेक्षा रेष्टुरेण्ट र मार्ट संचालन गर्दै आएकी जुनुले अधिकांश समय समाजसेवामै लगाउदै आएकी छिन् ।

 

 

सामाजिक क्षेत्रमा लगाव भएकै कारण आफ्नो काम छाडेर समस्यामा परेका दिदीबहिनीहरुको लागि दिनरात नभनी खट्ने जुनु अरुको सेवा गर्न पाउँदा मनमा शान्ति मिल्ने बताउँछिन् । भविष्यमा पनि समाजसेवामा लागि राख्ने जुनु श्रीमानको सहयोग र समर्थनले गर्दा पनि सामाजिक कार्यमा लाग्न सजिलो भएको बताउँछिन् । जुनुसहित केही सक्रिय महिलाहरुको प्रयासमा सन् २०१० मा स्थापित वुमन फर वुमन संस्थाकी संस्थापक उपाध्यक्ष, २०१२ को अध्यक्ष एवं हाल बरिष्ठ सल्लाहकार रहेकी जुनु गैर आवासिय नेपाली संघ (एनआरएन) का वर्तमान उपाध्यक्ष समेत रहेकी छिन् ।

 

 

विशेषगरी वैदेशिक रोजगार प्रणाली अन्तर्गत कृषिमा आएका महिला, दलाललाई पैसा तिरेर म्यारिज ब्यूरोबाट कोरियन नागरिकसँग विवाह गरी यहाँ आएर दुःख पाएका, विरामी वा दुर्घटनामा परेर उपचार खर्चको अभावमा परेका नेपाली चेलीहरुको उद्धार तथा सहयोगमा सक्रिय जुनुले संस्थाको अध्यक्ष पदमा रहदा धेरै महिलाहरुलाई उद्धार गर्नुकासाथै पछाडि परेका महिलाहरुको आफैमा सक्षम हुने आत्मविश्वासको विकास गराउने जस्ता काम पनि गरिन् । ‘सुरुमा महिलाहरुलाई भेला गराउन सम्म गाह्रो थियो । अहिले तिनै महिलाहरु नेतृत्व गर्न सक्ने भएका छन् । धेरैले बुझिसकेका छन् । यो पनि ठुलो उपलब्धि हो’, उनी सुनाउछिन् ।

 

हरेक महिला आफैंमा सक्षम भएर अघि बढनुपर्छ भन्ने धारणा राख्ने जुनु विशेषगरी बैदेसिक रोजगार वा विभिन्न सिलसिलामा विदेश जाने महिलाहरुलाई जानुअघि त्यहाँको बारेमा बुझ्नुकासाथै भाषाको ज्ञान, त्यहाँको रहनसहन र संस्कृतिको ज्ञान लिएर गएमा सहज हुने बताउँछिन् । संस्थामार्फत् संचालित महिला सेल्टरमा अहिले इपिएसबाट कोरिया आएर काम छाडेर कामको खोजीमा रहेका नेपाली चेली र कोरियनसँग विवाह गरि दुःख पाएर बसेकाहरुलाई बस्ने र खाने व्यवस्था रहेको छ । त्यस्तै संस्थाद्धारा निशुल्क स्वास्थ परिक्षण, कोरियन भाषा कक्षा र दिदीबहिनीहरुका लागि सिपमूलक तालिम पनि सञ्चालन भइरहेको छ ।

 

 

समाजसेवा गर्नलाई संस्था नै चाहिन्छ भन्नै पक्षमा छैनन् उनी तर एक्लै भन्दा संस्थामार्फत् गरेको कार्य अलि प्रभावकारी देखिन्छ उनको बुझाइमा । दुःखकष्टमा परेका दिदीबहिनीको उद्धार मात्र नभई हरेक महिलाहरुको चेतनास्तरको विकाश गराउने प्रयासमा जुटेकी जुनु भन्छिन्, ‘सबैमा सहयोगी भावना हुनुपर्छ । एकअर्कालाई साह्रोगाह्रो परेको बेला सहयोग गर्नु नै मानव धर्म हो । म कुनै संस्थामा रहे पनि नरहे पनि मेरो अन्तरमनबाट निस्केको समाजसेवाको भावना कायमै रहने छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...