नेपाल संसार कै धनी देश हुनसक्छ


डा. नबराज पन्त

 

 

भबिष्यमा नेपाल आर्थिक रुपले उच्च प्रति व्यक्ति आय भएको संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सक्छ । अहिले यसो भन्दा धेरैले मुर्ख बिचार हो भन्लान तर यो धेरै संभावनाको कुरा हो । यसलाई यसरी पुष्टि गर्न सकिन्छ |

 

नेपालका सबै ठूला नदीमा चिनियाँ डिजाइनको हाइ ड्याममा आधारित ठूला जल बिद्युत परियोजना मात्र लागु गर्नु पर्छ । अहिले सम्म भएका सबै ठूला जल बिद्युत परियोजनाको सम्झौताहरु खारेज गरेर पुन सम्झौता गर्नु पर्छ किनभने पहिले भएका कतिपय सम्झौताहरु राष्ट्रहित विपरितका र बिकासका संभावनालाई खुम्च्याउने खालका छन् ।

 

 

चीनबाट सिकौ

 

 

चीनले तिब्बत देखि संघाईसम्म फैलिएको याङजे नदीको शिरको जिन्सा नदीमा विश्वको सबभन्दा सस्तो रन अफ रिभर वा बगेको नदीमा आधारित, तर ताल सहितको उत्पादन क्षमतामा विश्वको तेस्रो ठूलो जल बिद्युत ड्याम जिलुदु ड्यामू संचालनमा ल्याएको छ । यो ड्याममा विश्वमा पहिलो पटक दुई वटा ड्याम अबधारणा वा डबल ड्याम एप्रोच लागु गरिएको छ, जो सुरक्षित अबधारणा हो । यसको बिजुली क्षमता १३,८६० मे.वा. छ र सन् २०१४ मा यसबाट ५७.१ तेरावाट बिद्युत उत्पादन भएको छ । यो प्रोजेक्टमा ७७० मेघावाटको १८ वटा फ्रान्सिस टर्बाइन प्रयोग गरिएको छ । यो विश्वको सबभन्दा ठूलो टर्बाइन हो । जिलुदु ड्यामू जल बिद्युतको कुल लागत ६ अर्ब २० करोड डलर अर्थात रु ६ खर्ब २० अर्ब हो ।

 

 

यसको लागत प्रति मेघावाट रु ४ करोड ४७ लाख छ । अर्थात् उत्पादनको आधारमा जिलुदु ड्यामू जल बिद्युतको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु ११ अर्ब लगानी छ । तर विश्वको ठूलो थ्री गर्जेजको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु २६ अर्ब लगानी छ र विश्वको दोस्रो इताइपुको बार्षिक प्रति तेरावाट उत्पादनको निम्ति रु २० अर्ब लगानी छ ।

 

यस आधारमा हेर्दा जिलुदु जल बिद्युत विश्वको सबभन्दा सस्तो ठूलो परियोजना हो । नेपाल जस्तो धेरै रन अफ रिभर वा बगेको नदिू भएको देशले धेरै इञ्जिनियरलाइ अनिबार्य जिलुदु ड्यामू जल बिद्युत अध्ययन भ्रमणमा चीन पठाउनु पर्छ । ताकि नेपालका ईन्जिनियरहरुले कसरी कम लागतमा उच्चस्तरका आयोजनाहरु संचालन गर्न सकिन्छ भन्ने ज्ञान लिन सकुन । नेपालका आयोजनाहरुको लागत उच्च हुनुका साथै काममा ढिलासुस्ती र भ्रष्टाचार छ । नेपालका ईन्जिनियरहरुको भ्रमणबाट उनीहरुको काम गर्ने शैलीमा सुधार हुन सकोस र कसरी आफ्नै बल बुत्तामा जिलुदु ड्यामू जल बिद्युत आयोजना जस्ता ठूला आयोजनाहरु संचालन गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त होस् । हुन त चिलिमे र माथिल्लो तामाकोशी जस्ता आयोजनाहरु सफल रुपमा कार्यान्न्वयन गर्ने प्रतभिाशाली ईन्जिनियरहरु नेपालमै नभएका भने हैनन् । जिलुदु ड्यामू जल बिद्युत भ्रमणले उनीहरुको क्षमता अरु बढाई दिनेछ ।

 

 

नेपाल ठुला जल बिद्युत क्षेत्रमा भर्जिन ल्याण्ड हो । नेपालमा चिनियाँ स्टाइलको हाइ ड्याममा आधारित ठुला जल बिद्युत प्रोजेक्ट लागु गर्ने हो भने २ लाख मेघावाट भन्दा बढी बिध्युत उत्पादन हुन सक्छ । पुरानो प्रबिधि र अध्धयनको आधारमा मापन गर्दा नेपालका नदीहरुबाट जम्मा ८३ हजार मेगावाट मात्र बिजुली उत्पादन गर्न सकिने भन्ने हो । तर अहिलेको नयाँ प्रबिधि र जलाशयमा आधारित आयोजनाहरु निर्माण गर्ने हो भने दुई लाख मेगावाट सामान्य कुरा हो ।

 

 

नेपालमा हाल निर्माण गरिएका बिद्युत आयोजनाहरु कुनै पनि ड्याम प्रबिधिमा आधारित छैनन् । यदि ड्याम प्रबिधिमा आधारित भएको भए भोटेकोशीबाटै सयों मेगावाट बिजुली निकाल्न सकिन्थ्यो । अहिले सम्म नेपालमा भएका सबै ठुला जल बिद्युत सम्झ्यौता अब रद्द हुनु पर्छ वा लागु गर्नु हुँदैन र पुनः रणनीतिक बिकासको सोचका साथ् चिनियाँ सल्लाहकारहरुको प्राबिधिक सल्लाह लिएर नेपालको ठूला जल बिद्युत बिकासमा भारत, चीन र बंगलादेशलाइ खुलेर सहभागी हुन आह्वान गर्नु पर्छ ।

 

 

अहिले भारतसँग मात्र बिद्युत ब्यापार सम्झौता भएको अबस्था छ भने चीनले प्रस्ताव पठाएको छ तर नेपाल सरकार आनाकानी गर्दैछ । बंगलादेश पनि नेपालसँग पीटीए गर्न ईच्छुक छ । चीन र बंगललादेशसँग पनि फटाफट काम हुनुपर्छ । अर्को तर्फ लगानीको क्षेत्रमा विश्वलाई लगानी खुल्ला गर्न सक्नु पर्छ । तर सुरक्षा बिना कुनै ठुला जल बिद्युत प्रोजेक्ट लागु हुन नसक्ने भएकोले पुरै नेपालमा नेपाली सेना, सिमा शसस्त्र बल र नेपाल प्रहरीलाइ वृद्धि गर्दै लानुपर्छ ।

 

 

चिनियाँ स्टाइलको हाइ ड्याममा आधारित ठुला जल बिद्युत प्रोजेक्ट लागु गर्दा हिमालको भूक्षय रोकिन्छ र पानीको दिगो श्रोतको संरक्षण हुन सक्छ । बर्षा याममा नेपालको ठूला नदीको सिलिका मिस्रित पानी पिउन र खेतीको निम्ति त्यति योग्य छैन तर जल बिद्युत निम्ति अति उपयोगी छ । जुन कुरा एउटै नदीमा धेरै हाइ ड्याम बनाएर मात्र सम्भब छ ।

 

 

जलबिद्युत आयोजनाहरुमा सबै नागरिकको लगानी सुनिश्चित गर्नुपर्छ । लगानी गर्न नसक्नेलाई पनि सरकारले ऋण हालिदिएर बाध्यात्मक रुपमा स्वामित्व स्थापित गराउनुपर्छ र हरेक महिना उनीहरुले कमाउने रकमबाट ऋण तिर्दै जाने गर्नसकिन्छ । यसो भयो भने बिद्युत आयोजनाबाट हुने आम्दानीले देशभरिका जनता एकैसाथ धनी हुँदै जानेछन् ।

 

 

देशमा दुई लाख मेगावाट बिजुली उत्पादन भएको अबस्थामा नेपाल आर्थिक रुपले उच्च प्रति व्यक्ति आय भएको संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सक्छ । स्विजरल्याण्ड भन्दा पनि हामी धनी हुनसक्छौ किनभने जलबिद्युत र पर्यटन दुबैबाट हामी कमाउनसक्छौ । यसो भएमा अहिले जस्तो हामीले भारत र चीन तिर उर्जाका लागि हात पसार्न पर्ने छैन, उल्टै उनीहरु हामीसँग सहयोग माग्न आउने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...