Advertisement
SKIP THIS

अनुहार कसरी चम्किलो राख्ने ?


 

सोल – मौसम यस्तो छ कि घामबाट छाला जोगाउन निकै मुश्किल परिरहेको छ । यसबाट जोगिनका लागि धेरै भन्दा धेरै आफूलाई घरभित्रै राख्ने कोशिश गर्ने पनि धेरै छन्, किनकि हानिकारक युभि किरणबाट छाला जोगाउनुछ । तर, घरभित्रै बसेर मात्रै काम त चल्दैन ।

 

 

कस्तो सनस्क्रिन

सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट दुई प्रकारका अल्ट्राभायोलेट किरण धर्तिसम्म पुग्छन्, युभिए र युभिबि । युभिबिलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ । यसको अधिक मात्राले युभिवि किरण रोक्न सहयोग गर्छ ।

 

जब राम्रो सनस्क्रिनको बारेमा सोचिन्छ त अक्सर अधिक एसपिएफ रहेको क्रिममा आँखा रोकिन्छ । एसपिएफले युभिबि किरणलाई रोक्छ तर युभिएले स्किनलाई वास्तवमैं नोक्सान पु¥याउँछ । एसपिएफसँगै सनस्क्रिनमा युभिएको कम्बिनेसन पनि जरुरी छ । त्यसैगरी जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ । युभिए र युभिबि दुइटै सही सनस्क्रिन हुन् तर यी एसपीफमा निर्भर हुन्छन् ।

कसरी लगाउने सनस्क्रिन

घरबाहिर निस्किनु १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीनघन्टा बाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । अक्सर सनस्क्रिन त्यस्तो मान्छेले लगाउनुर्छ, जो धेरै घाममा रहन्छन् । त्यसैगरी कम्प्युटरकाअघि धेरै समय रहनेका लागि पनि सनस्क्तिन लगाउनु जरुरी छ ।स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सनस्क्रिनको प्रयोग गर्दा राम्रो हुन्छ ।

घरमै सनस्क्रिन बनाउने उपाय

थोरै दही लिने, एक चिम्टी हल्दी, थोरै कागतीको रस र टमाटरको रस मिसाएर अनुहारमा लगाउनुपर्छ । बेसनलाई स्क्रबका रुपमा प्रयोग गर्न सकिन्छ भने दुध वा गुलाबजलले अनुहार सफा गर्न सकिन्छ ।
त्यसैगरी थोरै मेवाको गुदी र त्यसमा मह मिसाएर आफ्नो अनुहार र गर्दनमा दल्नुपर्छ । केही समय राखेपछि धुँदा यसले पनि सूर्यका हानिकारक किरणबाट छालालाई जोगाउँछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...