कोरियामा राजदुतसंगै नेपालीहरुले दशैँ मनाए


गौरव न्यौपाने / प्रदीप पंगेनी

सोल-दक्षिण कोरियामा अक्टोबर १८ आईतबारको दिन बिदाको अवसर पारेर विभिन्न स्थानमा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरु र केहि कोरीयन संगै हर्षोल्लासकासाथ साथ दशैं मनाएका छन् ।

 

 

आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रवाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहणका साथै नेपाली भोजनका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व दर्साउदै दशैं मनाए ।

 

 

यसै क्रममा कोरियाको फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रमा पनि भब्यरुपमा दशैँ मनाइएको छ l नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा फूल ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, बिशेष सम्मान तथा बिदाई सहित विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको थियो ।

 

 

निर्धारित समय भन्दा अलि ढिला सुरुवात भएको औपचारिक कार्यक्रमको बीचमा गौरव न्यौपानेले “जहाँ छन बुद्धका अाँखा” स्वागत स्वरूप गीत गाउँदै नेपालको स्मरण गराए। समितिका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम सयोजक प्रबिण गिरीले स्वागत मन्तब्य सहित अन्य आतिथिहरुको शुभकामना मन्तव्य सके लगत्तै राजदुत बाट विशेष टिका ग्रहण गरि कार्यक्रम साँस्कृतिक रमझम तर्फ अगाडी बढाईएको थियो ।

penthek

 

कोरियामा रहेका नेपाली स्थानिय कलाकारहरुले भरिपुर्ण रहेको कार्यक्रममा कलाकारहरु क्रमश जुद्ध राइले “दशै तिहार “,सरुन श्रेष्ठ “दर्शन नमस्ते “,समीर मोक्तान “बेहोस पछि त होस मा आउँदा ” नारायण पराजुलि “जसो गर जे भन ” नरन पाठक “मुजकोन (कोरियन गीत)साथै राम प्रसाद पाण्डेले लोकगित गाउँदै र गजल भन्दै माहोल तातेको थियो ।साथै भरत लामाले गित गाउनुका साथै शान्ती श्रेष्ठसंग “कहिले माया स्याड फेस”गितको नाचले फेन्तेक तातिरहेको बेला बिना पुनको “डाफे झैँ नाच्ने हिमाल झैँ हास्ने” बोलको गितमा उहाँको नाचलाइ तालिको ओइरो लागेको थियो।यी कलाकारहरुको थप प्रस्तुतिसहित चल्दै गरेको कार्यक्रम अझै तताउन” उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना “गितबाट डि-जे स्टार्ट गर्दै गौरव न्यौपानेले विभिन्न नेपाली रिमिक्स गितहरुसंग नाच्दै र नचाउदै अत्यन्त रमाइलो गर्दै तातेको माहोल कार्यक्रमको अन्त्य सम्म तातिनै रहेको थियो।

 

 

कार्यक्रममा नि.बर्तमान समितिका अध्यक्ष बिजुबिक्रम थापा लगाएत अन्य पदाधिकारी हरु, सामाजिक अभियन्ता तथा ब्यबसायी जिबन थापा ,पुस्तकालय सहयोगी तथा समाजसेवी झक थापा मगर ,प्रबाशी मजदुर युनियनका अध्यक्ष उदय राई, धर्म ,सस्कृति सरक्षण तर्फ हिन्दुजागरण अभियानका यम,सापकोटा,गीत गायन तर्फ राम प्रसाद पाण्डे, समितीमा बिशेष सहयोगी बिल थापा लगाएत लाई सम्मान गरिएको थियो । कोरिया बसाई सकी नेपाल जान लाग्नुभएका पत्रकार मिन प्रकाश उप्रेती , गितारम सापकोटा ,दुर्गा सापकोटा लाई पनि बिदाई गरीएको थियो ।

 

 

साथै उक्त केन्द्रको नेपाली समितीले कोरियामा लक्षित गर्दै हरेक दुख,आपतविपदमा सहयोग पुर्याउने उदेश्यले फेन्थेक नेपाली आपतकालीन कोष खडा गरेको घोषणा गर्दै सबैलाई सहयोग साथ दिन अपिल पनि जारी गरेको थियो ।

penthek2

 

उक्त केन्द्रको नेपाली समितीका अध्यक्ष कृष्ण पुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि दक्षिण कोरियाका लागी नेपाली राजदुत कमान सिंह लामा, एनआरएन कोषाध्यक्ष नवराज बोहोरा,झापा मिलन समाजका अध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठ, योंगस्टार ग्रुपका सस्थापक अध्यक्ष तथा समाजसेवी यमश्रेष्ठ , सल्लहाकार सुबर्ण चौलागाई लगाएत अन्य समाजसेवीहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै अन्यअतिथिहरुमा एकता समाजका बिदुर शर्मा, एनआरएन युबा प्रतिनिधि साजन शर्मा ,अटिजम अभियानका बिक्रम सिंह ठकुरी,सपना अधिकारी लगाएतको पनि उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कृष्ण पुरीले प्रबाशमा रहेर पनि सबै नेपालीहरु साझा भावाना बोकेर हर्षोल्लासकासाथ यसरी दशैँ मनाउनु सबै नेपालीको सहिष्णुता र गौरबको कुरा रहेको भन्दै शुभकामना दर्शाएका थिए । हरेक नेपालीहरुको सद्भाव संगै निस्वार्थ भएर प्रबाशी नेपालीहरुको हितमा कसैको स्वार्थमा नझुकी सच्चा कार्यमा बढिरहने पनि उद्घोष गराए ।

 

 

त्यस्तै प्रमुख अतिथि रहनुभएका राजदुत कमान सिंह लामाले हामी नेपाली कला ,धर्म र सँस्कृतिमा समृद्ध रहेको र सबै सहयोगी र मिलनसार भइ खुशी रहन शुभकामना प्रदान गर्नुभएको थियो । लामो समय लिएर बोल्दै लामाले प्रबाशमा रहेर केहि नेपालीहरु नेपालीकै टिका टिप्पणी गर्नुमा तल्लिन रहनुभन्दा देश बिकासमा ध्यान दिनु पर्ने सुझाबहरु दिएका थिए ।

 

 

कार्यक्रम केन्द्रका सचिव राजु खड्का र ब. उपाध्यक्ष(कार्यक्रम संयोजक) प्रबिण गिरी साथै साँस्कृतिक कार्यक्रम गौरव न्यौपानेले संचालन गर्नुभएको थियो । विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,विद्यार्थी बुद्धिजीवी तथा नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम उत्साहजनकरुपमा समापन भएको थियो ।

फोटो सहयोगी :- बरिस्ठ क्यामरा म्यान : नरेन श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...