Advertisement
SKIP THIS

युनिक भिजन रनिङ कपको उपाधी बागलुङको पोल्टामा


सोल –  काेरियामा रहेकाे सामाजिक संस्था  युनिक भिजन ग्रुप ले   अापतकालिन राहत काेष  निर्माणार्थ  अायाेजना  गरेकाे प्रथम  भलिबल प्रतियाेगिताकाे  उपाधी  बागलुङ  सम्पर्क  समिति कोरियाले चुमेकाे छ ।

 

स्याञ्जा परिवार  काेरियालाइ  2 /1 काे  सेटमा हराउदै  बागलुङले  उपाधी  चुम्न सफल भएकाे  हाे ।  पहिलाे सेट स्याङ्जाले जितेपनि   दाेस्राे र तेश्राे सेट  बागलुङले   अाफ्नाे पक्षमा पार्दै जित सुनिश्चित गरेकाे  हाे । विजेता   बागलुङले  दस लाख वन ,रनिङ कप र प्रमाणपत्र   प्राप्त गर्याे । भने उपविजेता स्याङ्जा परिवार कोरियाले  सात लाख  वन ,मेडल र  प्रमाणपत्र प्राप्त गर्याे ।

 

समय अभावका कारण   गाेलापाेला मार्फत म्याग्दि समाजलाई  तेश्राे र    युनिक भिजनलाई   सान्त्वनाकाे उपाधी प्रदान गरिएकाे   थियाे ।  खेलकाे उत्कृष्ट खेलाडि स्याङ्जा  परिवारका   बिक्रम राठाेर  भए ।

vb

जम्मा १६  टिमकाे  सहभागिता रहेकाे प्रतियाेगितामा,  शक्तिशाली  टिम   कास्कि परिवारलाइ    युनिक भिजनले  दाेश्राे चरण  मै राेक्याे । स्याङ्जा र म्याग्दि बिचकाे   खेलमा  स्याङ्जाले म्याग्दिलाइ  १/२  काे सेटमा हराउदै  फाइनलमा  प्रवेश गरेकाे थियाे भने  बागलुङले सेमि फाइनलमा युनिक भिजन ग्रुपलाइ  हराएकाे थियाे ।

 

यसैबिच युनिक भिजनले अायाेजना गरेकाे महिला भलिबल म्याग्दिले चुमेकाे छ ।

 

दूइ टिम सहभागी महिला भलिबलमा म्याग्दि समाज बिजेता र नेपाल मगर संघ कोरिया उप बिजेता  भए  ।  बिजेता म्याग्दि र उपबिजेता मगरसंघले क्रमश  डेढ लाख वन ,एक लाख वन प्रमाणपत्र प्राप्त गरे  ।बिजयी टिमलाइ  एनअारएन काेरियाका अध्यक्ष  राजु क्षेत्री र नेपाली सम्पर्क समिति काेरियाका कार्यवाहक अध्यक्ष अञ्जु केसीले सयुक्त रुपमा पुरुस्कार प्रदान गरेका थिए ।

 

खेल निक‌ै साैहार्दपुर्ण र प्रतिस्प्रर्धात्मक  रुपमा सम्पन्न भएकाे  अायाेजक युनिक भिजन ग्रुपका अध्यक्ष भजिन्द्र क्षेत्रिले  बताए ।

 

याे बर्ष काेरियामा भएकाे पाच वटा प्रतियाेगितामा बागलुङले तीन वटा प्रतियाेगिता  जितेकाे छ ।कास्किले एउटा उपाधी र स्याङ्जाले एउटा प्रतियाेगिताकाे उपाधी चुमेका थिए ।

vb1

बागलुङकाे सफलताले निकै खुसि भएकाे  बताउदै  भलिबल संयाेजक छानु चन्दले बिदेशमा  खेलकुद क्रियाकलापले  अापसि सम्बन्ध बढाएकाे  बताए । काेरियाकाे  ब्यस्त समयकाे बाबजुद पनि  भलिबल खेल्न अाफैमा कठिन भए पनि सक्रिय रुपमा सहभागि सबैलाइ  धन्यवाद  दिन चाहन्छु चन्दले भने ।

 

युनिक भिजनकाे प्रतियाेगिता संगै याे बर्षकाे सबै भलिबल  प्रतियाेगिता सकिएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...