Advertisement
SKIP THIS

मिल्ती जलबिद्युत आयोजनामा लक्ष्य भन्दा बढि आवेदन


लिलु डुम्रे

सोल-सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो  मिल्ती (एसएम ) इन्भेस्टमेन्ट कम्पनिले खुला गरेको  शेयर आवेदनमा तेस्रो हप्ता  अप्रिल १९ तारिक आइतबार कुल  ७  करोड २८  लाख रुपौयाको आवेदन परेको छ |   बिभिन्न स्थानहरुमा लिइएको आवेदनमा सबैभन्दा बढी सुवन केन्द्रबाट दुइ करोड  सात लाख बराबरको आवेदन  परेको  कम्पनीले जनाएको छ |

 

त्यस्तै थेगुबाट एक करोड २० लाख ,तोंग्देमुनबाट ८६ लाख ५० हजार,फ्यांथेकबाट ८३ लाख बराबरको आवेदन परेको छ | पोहांगबाट १६ लाख , थेजनबाट २० लाख , नोन्सानबाट ५७ लाख, विग्वानबाट १७ लाख ५० हजार ,उल्सानबाट २५ लाख , ख्यांग्जु  र मोक्फोबाट ५१ लाख र आन्सानबाट ४५ लाख रुपयाँ बराबरको आवेदन परेको छ |

 

कोरियामा रहेका  नेपालीहरुलाई लगानीको अवसर प्रदान गर्ने उद्धेश्य  लिएको कम्पनीले यस अघिका  दुई हप्तामा ११ करोड ८९ लाख रुपैयाँ मूल्य बराबरको आवेदन प्राप्त गरिसकेको छ |  उसले १५ करोड रुपैयाँसम्मको आवेदन लिने लक्ष लिएको थियो |   १ लाखदेखि १० लाख रुपैयाँसम्मको अग्राधिकार शेयर आवेदन गर्न इच्छुकलाई आव्हान गरिएको उक्त परियोजनाको लागि लक्ष्यभन्दा बढि आवेदन परेको कम्पनिले जनाएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...