Advertisement
SKIP THIS

म बाँच्न चाहन्छु , मलाई बचाउनु होस् – रुद्र कुलुङ्


सोल -छेस्कामका २३ बर्षिय रुद्र कुलुङलाई आफ्नो जीवनमा यस्तो दुःखको दिन आउला भनेर सोचेको समेत थिएन होला । आफ्नो सुन्दर भविष्यको कल्पनाका साथ १४ बर्षको कलिलो उमेरमा काठमाण्डौ छिरेका रुद्र आज ‘एपलास्टिक एनमिया’ अर्थात शरिरमा रगत कम उत्पादन हुने रोगबाट ग्रसित भएका छन र आफ्नो जीवन बचाईदिन दुनियासंग अनुरोध गरिरहेका छन ।

 

दुर्गम पहाडी जिल्ला सोलुखुम्बुको विकट गा.वि.स. छेस्कामका यी युवा हाल वि.ए. तेस्रो बर्षमा अध्ययनरत छन । केहि महिना अघि ज्वरो आउने, टाउको दुख्ने पखला लाग्न थाले पछि उनले चाबहिल स्थित हेल्पिङ हेन्डस अस्पतालमा जचाउन गए । दिशा, पिसाब र रगत जाँच गराउँदा रगतमा हेमोग्लोबिन कम देखाएपछि उनलाई तुरुन्तै अस्पताल भर्न गरियो । नौ दिन उपचार पश्चात उनलाई बानेश्वरमा रहको सिभिल अस्पतालमा रिफर गरियो । उक्त अस्पतालका हेमोगोलिष्ट डा. विशेष पौडेलले उनको सि.बि.सि. टेष्ट गरे । त्यहाँ रिपोर्टमा बोन म्यारो सुकेको अर्थात बाइब सि कम भएको रिपोर्ट आयो । त्यसपछि यो रोघको उपचार नेपालमा नहुने र बिदेशनै लानुपर्ने सल्लाह डाक्टरले दिए ।

 

यहाँसम्म आईपुग्दा करिब निक्कै खर्च भैसकको र उक्त खर्च उनका दाजु र धर्मपिता क्या. आई.पि. सिटौलाले गरिरहेको उनले बताए । शरिरिले रगत उत्पादन गर्न छोडेको र हाडको मासी सुक्दै गएको कारण नेपालमा उपचार हुन नसक्ने र दिल्ली लगी , रोघको जतिसक्दो चाँडो उपचार गर्नुपर्ने बताएपनि आर्थिक अभावका कारण उनले केहि गर्न सकेको छैन । डाक्टरका अनुसार यो रोघको उपचार गर्न कम्तिमा ५० लाख लाग्ने अनुमान गरेका छन । डाक्टरका अनुसार विश्वमा नै यस्ता रोघ थोरै मानिसमा देखा पर्ने र नेपालमा यो रोघ लाग्ने उनि तेस्रो व्यक्ति हुन ।

 

रोग पहिचान भएको तिन महिनापछि बल्ल रुद्र बचाउ अभियन शुरु भएको छ । उक्त अभियन अन्र्तगत नेपाल ईन्भेष्टमेण्ट बैक धुम्बारहीमा नम्बर:- #०२९०५०३०२७३३३६ को खाता खोलेका छन . बैक खाता खेलिएको र बैकमा सहयोग आउने क्रम शुरुभैसकेको छ । जति चाँडो रकम जुटाउन सफल भयो त्यती चाँडौ उनको उपचार सम्भव हुन्छ । त्यसकारण उनका आफान्तहरु सहयोग गरिदिन सबैमा अनुरोध गर्दैछन । यस अभियानलाई सफल बनाउन रुद्र बचाउ अभियान नामक फेसबुक पेज पनि खोलिएको छ । जाहाँ उनले भावुक शैलिमा सहयोगको याचना समेत गरेका छन ।

 

साथै द.कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुमा सकेको सहयोग गरी एउटा जिबन बचाई मानबिय सेवा गरिदिनु हुन् आग्रह गरिएको छ ।

नेपाल सम्पर्क

केशव कुलुङ बिरामी को दाजु 9779841119818

नेपाल ईन्भेष्टमेण्ट बैक धुम्बारहीमा नम्बर:- #०२९०५०३०२७३३३६

कोरियामा सम्पर्क कुमार भुजेल बिरामीको दाजु 01091082035

BHUJEL THAKUR

WORI BANK-100-915-508232

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...