Advertisement
SKIP THIS

जनजाती महासंघ कोरियाले पहिचानको आन्दोलनलाई समर्थन गर्ने


सोल-जनजाती महासंघ कोरियाले नेपालमा भईरहेको जातीय पहिचान सहितको संघियता र संघियता सहितको संविधानको लागी आर्थिक र नैतिक समर्थन गर्ने भएको छ l १३ तारिक आइतबार सोलस्थित नेपाल हाउसमा बसेको चौथो कार्यसमितिको पहिलो बिस्तारित बैठकले सो निर्णय गरेको हो l

 

महासंघका अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा बसेको बैठकले नेपालमा भइरहेको पहिचानको आन्दोलनलाई सरकारले बन्दुकको भरमा दबाउन खोजेको निष्कर्ष निकाल्दै सरकालाई बार्ताको मध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ l

 

 

बैठकले सचिबालय समेत गठन गरेको छ l सचिबालय अन्तर्गत अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिब, प्रवक्ता र एकजना सदस्य रहने गरी निर्णय गरेको छ l उक्त बिस्तारित पहिलो बैठकले पबन राई लाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको छ भने प्रवक्तामा ठाकुर भुजेललाई चयन गरेको छ l

 

महासंघका निबर्तमान अध्यक्ष भक्त शेरचन संयोजक रहने गरी ९ ओटा जातीय संस्थाका १ जना प्रितिनिधि रहने गरी सल्लाहकार समित्ति गठन गर्ने निर्णय समेत गरको छ l साथै छिटैनै सम्पूर्ण जातीय संघ संस्था र जनजातीलाई समेटने गरी बृहत अन्तरक्रियाकार्यक्रम गर्ने निर्णय समेत गरिएको छ l

 

बिभिन्न बिभाग गठन गर्ने निर्णय अन्तर्गत संचार विभागमा ३ जना लाई चयन गरेको छ l जस अन्तर्गत नोमराज गुरुङ, जीबी लामा, र रोशन राई रहेका छन् l

 

उक्त बैठकमा कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरुको उपस्थित थियो भने निवर्तमान अध्यक्ष भक्त शेरचन, निबर्तमान महासचिब यम श्रीस मगर,एनआरएनका सदस्य नवराज तामाङ्,वोमेन फर वोमेनकी अध्यक्ष तथा जनजाती महासंघ उपाध्यक्ष मल्लिका थकाली, लक्ष्मी गुरुङ, नेफेसो कोरियाका उपाध्यक्ष देवराज स्यांगतान लगाएत व्यक्तिहरुको उपस्थित रहेको थियो l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...