जापानमा ज्वालामुखी विस्फोट, आणविक भट्टीमा क्षति पुग्ने आशंका
काठमाडौं-विश्वमै सबैभन्दा बढी ज्वालामुखी विस्फोट हुने देशमा पर्ने जापानमा प्रमुख पर्यटकीय पदयात्राको रुपमा चिनिने कुमामोतो केनको दक्षिणतर्फका मुख्य टापुमा अवस्थित आसो पर्वतमा ज्वालामुखी विस्फोट भएको छ ।
एक हजार पाँच सय ९२ मिटर अग्लो आसो पर्वतमा विस्फोट भएको ज्वालामुखीको धुवाँ दुई किलोमिटरसम्म फैलिएको छ । समाचार संस्थाहरुका अनुसार सो विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।
ज्वालामुखी विस्फोट भएको समयमा केही मानिसहरु पर्वतको टापुनजिकै रहेका भए पनि उनीहरु सकुशल सुरक्षित स्थानतर्फ गएका थिए । समाचार अनुसार ज्वालामुखी कुनै संकेतबिना नै विस्फोट भएको र यसले आसो पर्वतबाट १६० किलोमिटर दक्षिणमा रहेको आणविक भट्टीमा क्षति पुग्नसक्ने जापानी अधिकारीहरुको आँकलन छ | नेपाल जापान डटकम