आईक्याप मिडिया फोरमको निमन्त्रणमा नेपाली पत्रकार कोरिया आउदै
प्रेम देवान
विराटनगर – नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार श्रेष्ठ ‘ नवोदित’ दक्षिण कोरिया आउने भएका छन् । आईक्याप मिडिया फोरमको निमन्त्रणमा अध्यक्ष नवोदित भोली कोरियाको राजधानी सोल प्रस्थान गर्ने कार्यक्रम छ ।
सेप्टेम्वर १६ तारिखदेखि हुने मिडिया फोरमको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा एसियाका विभिन्न मुलुकका पत्रकारहरु सहभागी हुने जनाइएको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
नेपालबाट अध्यक्ष नवोदित र पत्रकार रामप्रसाद दाहालले सम्मेलनमा सहभागिता जनाउनेछन् । सम्मेलनपछि आयोजकले आमन्त्रितहरुलाई कोरियाका विभिन्न सञ्चारगृहसहित नेशनल पार्क, औद्योगिक क्षेत्रलगायतका महत्वपूर्ण स्थलहरुको अवलोकन भ्रमण गराउनेछ ।
सम्मेलन आईक्याप मिडिया फोरम सोल घोषणापत्र जारी गर्दै १९ तारिखमा सम्पन्न हुनेछ ।