Advertisement
SKIP THIS

थेगुमा तीज मेला हुने


थेगु -हाम्रो कला हाम्रो सस्कृति हाम्रो देश हाम्रो गौरब” भन्ने मुल नाराको साथ एनआरएन कोरियाको क्षेत्रीय समिति एनआरएन थेगु समितिले यसपालिको तीजलाई अझ विशेष बनाउने हेतुले आउदो सेप्टेम्बर २० आइतबारको दिनमा “तिज विशेष मेला” को भब्यरुपमा आयोजना गर्ने भएको छ कोरियाकै तेस्रो ठुलो शहर थेगुमा।

 

नेपाली कला,सस्कृती र सामाजिक क्षेत्रमा एकाएक पश्चिमि सस्कृतिले आफ्नो प्रभुत्व जमाईरहेको समयमा बिदेशी भुमिमा येसरी बिसुद्द नेपाली कला र सस्कृती झल्काउने गरि आयोजना हुन लागेको तिज बिशेष कार्यक्रमलाई थेगुमात्र नभएर कोरिया भरिकै विभिन्न संघसस्था र नेपाली समुदायहरुबाट विशेष महत्त्वको रुपमा लिईएको पाईएको छ।

 

कार्यक्रम पुर्णरुपमा भब्य र मनोरञ्जनमुंखी हुने आयोजक पक्षको दाबी रहेको छ । उत्त दिनको लागि विशेष मिस्ठान्न नेपाली भोजन परिकारहरुको साथै रोजे र खोजे अनुसारको बिशेस पेयपदार्थहरुकोपनी ब्यबस्था गरियेको छ।

 

कार्यक्रममा बिशेषगरि तिजका गितहरु,लोकदोहोरी गितहरु,नेपाली नया र पुराना सदाबहार गितसंगीतको मिश्रण भयेकोले एकपछि अर्को गर्दै लगातार रुपमा उपस्थित महानुभानहरुलाई कम्मर मर्काउन बाध्य गराउनेमा आयोजकपक्षको दाबी रहेको छ साथै स्थानीय कलाकारहरुको दमदार अनि बेजोड प्रस्तुतिहरुले कार्यक्रम झकिझकाउ हुनुको साथै विभिन्न संघसस्थाका प्रमुख पदाधिकारीहरुको उपस्थिति र भेलाले कार्यक्रम पुर्ण रुपमा सजिसजाउ हुने कुरमापनि आयोजक पछ बिस्वस्त रहेको छ।

 

कार्यक्रम सेप्टेम्बर २० आइतबारको दिन थेगुस्थित 대구시 달서구 용산동 215ㅡ33번지 향군회관 드림부페5층 용산 역 치하철 2호선 मा आयोजना हुनलागेको छ।

 

कार्यक्रम स्थल लाईन नम्बर २ को योङसान स्टेसन छिहाछल EXIT गेट नम्बर ५ अगाडी रहेको WOORI BANK को ५ औ तल्लामा रहेको छ। कार्यक्रम सफल पार्नकोलागी आयोजक पक्षले सम्पुर्ण नेपाली समुदायहरुलाई हार्दिक अपिल पनि गरेको छ। एनाआरएन थेगुको यो तिज मेला पहिलो सौगातको रुपमा रहेको र आउदो दिनहरुमा येस्तै अन्य विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिरहने आयोजकपक्षको भनाई रहेको छ। साथै उत्त दिन अक्टोबर ११ मा पर्दशन हुनगैरहेको नेपाली फिल्म होस्टेल रिटर्न्सको टिकटपनि बिक्री हुने जनाइएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...