Advertisement
SKIP THIS

६ हजार लगानीले १२५ लाई रोजगारी


जगन्नाथ दुलाल

काठमाडौं – १३ वर्षअघि व्यवसाय सुरु गर्दा सोचेका पनि थिएनन् उनीहरुले, ६ हजार रुपैयाँबाट सुरु भएको व्यवसायले १२५ महिलालाई रोजगारी दिन सकिएला भनेर । तर, निरन्तरको परिश्रम र मेहनतले आफैंले नसोचेको सफलता पाएका छन् शान्ति श्रेष्ठ र निर्जला श्रेष्ठले ।

 

काठमाडौंको नेवार परिवारमा जन्मे–हुर्केका उनीहरु अहिले आफ्नै प्रगति देखेर दंग छन् । भन्छन्, “नेपालमै अवसर छ, गरे जे पनि सम्भव छ भन्ने उदाहरण हामी बनेका छौं ।”

 

मित्रपार्क चाबहिलमा रहेको फ्रेन्ड ह्यान्डीक्राफ्टस्मा सञ्चालकद्वय निर्जला र शान्तिलाई भेट्न पुग्दा उनीहरु काममै व्यस्त थिए । उनीहरुले आफ्नो सुरुवाती संघर्षका दिनहरु सम्झिए । ०५९ जेठमा घरेलु उद्योगमा दर्ता गरेर सुरु भयो, ‘फ्रेन्ड ह्यान्डीक्राफ्ट्स’ । बुहारीले काम गर्नु हुन्न भन्ने मान्यता राख्ने नेवारी समुदायका बुहारी उनीहरुमा कसरी आयो त आफ्नो अलग्गै व्यवसाय गर्ने सोच ? शान्तिले नोस्टाल्जिक हुँदै १३ वर्षअघि पद्मकन्या क्याम्पसमा आईए पढ्दाका दिनहरू सम्झिइन् । शान्ति र निर्जला एउटै कक्षामा पढ्ने साथी थिए ।े बिहे भएपछि भने उनीहरुको भेटघाट पातलियो ।

 

अरुको जागिर नखाने, आफ्नै व्यवसाय गरी समाजसेवा गर्ने सोच थियो शान्तिको । त्यही सोचले उनले हस्तकलासम्बन्धी तालिम लिइन् । “बेरोजगार र गृहिणी महिला दिदीबहिनीलाई आयआर्जन हुने र आफ्नो व्यवसाय पनि हुने सोच आयो,” उनी भन्छिन्, “त्यही सोचले गर्दा आफूले सिकेको सीपकै उपयोग गरेर ह्यान्डीक्राफ्टको काम गर्ने विचार गरें ।”

 

कलेज पढ्दाकी साथी निर्जलासँगको भेटमा शान्तिले आफ्नो योजना सुनाइन् । बाल्यकालदेखि नै डिजाइनमा विशेष रुची भएकी निर्जलालाई शान्तिको प्रस्ताव मन प¥यो । लगत्तै उनीहरुले ह्यान्डीक्राफ्ट व्यवसाय सञ्चालन गर्ने योजना बनाए । योजना त बन्यो, तर काम कसरी अघि बढाउने ? “हामीले पैसा घरपरिवारसँग नमाग्ने, आफैंले जोहो गर्ने सोच बनायौं,” निर्जलाले सुनाइन्, “३÷३ हजार गरी जम्मा ६ हजारबाट काम सुरु ग¥यौं ।” व्यापारी परिवारमा हुर्किएकी निर्जलाले आफूलाई पारिवारिक माहोलका कारण पनि व्यापारबारे जानकारी भएकाले काम सुरु गर्न धेरै सोच्नुपरेन । बुहारीले काम गर्दा राम्रो नमानिने त्यतिबेलाको समाजमा महिलाले मात्र व्यवसाय किन गर्न सकिन्न ? भन्ने प्रश्नले आफूलाई घोच्ने गरेको बताउँछिन् निर्जला । यसले गर्दा उनी चाहन्थिन् आफ्नै बलमा केही गर्ने जसबाट समाजमा केही योगदान पुगोस् । आफ्नो कामले समय व्यवस्थापन गर्न सके बुहारीले घरबाहिरको काम पनि गर्न सक्छन् भन्ने सन्देश दिन आफूहरु सफल भएको उनी बताउँछिन् ।

 

बांगेमूढामा १३ वर्षअघि ६ हजारमा व्यवसाय सुरु गर्दा उनीहरुले कटन ब्याग र सपिङ ब्याग बनाए । दैनिक करिब १८ घण्टासम्म मेहनत गरे । तर, त्यसबाट खासै उपलब्धि हात परेन । त्यसपछि कटन छोडेर उनीहरु लागे जुट, अल्लो र हेम्पतिर । “कटनपछि हामीले जुट, अल्लो र हेम्पका ब्याग बनाउन थाल्यौं,” निर्जलाले भनिन्, “सबै ब्याग इटली, अमेरिकालगायत देशमा पठाउँथ्यौं ।” ३ वर्षसम्म यो क्रम चलिरह्यो । तर, यसको मार्केट पनि चित्तबुझ्दो नभएपछि उनीहरु विकल्पको खोजीमा लागे ।

 

“ह्यान्डीक्रयाफ्टको तालिम लिँदा चिसो ठाउँमा फेल्टको मार्केट हुन्छ भनेर प्रशिक्षकले भन्नुभएको कुरा मैले सम्झिएँ,” शान्तिले भनिन्, “ब्यागपछि जुनसुकै डिजाइन गर्न सकिने फेल्टको काम सुरु ग¥यौं ।” न्युजिल्यान्डबाट भेडाको ऊन मगाएर फेल्टको सामान बनाउन थालेपछि विस्तारै यसको मार्केट बढ्दै गयो । फेल्टको पर्स, ब्याग, फ्लावर, कार्पेट, सुज, मफलर, ह्याटलगायत सामान बनाउँदै आएका छन् उनीहरुले । फेल्टका सामान जर्मनी, डेनमार्क, अमेरिका, इटाली, जापान, कोरियालगायत देशमा निर्यात हुन्छ । यी देशमा फेल्टको पर्स र फ्लावरको माग बढी आउने गरेको शान्तिले सुनाइन् । “फेल्टमा आएपछि पछाडि फर्केर हेर्नुपरेको छैन,” निर्जलाले भनिन् । विदेशमात्र होइन, नेपालमा हुने हस्तकला प्रदर्शनीहरुमा समेत फ्रेन्ड ह्यान्डीक्राफ्ट्सले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने गरेको छ ।-कारोबार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...