एनआरएन कोरियाको महासचिव पदमा उमेशको उमेरद्वारी


सोल-गैह्र आवासीय नेपाली संघ (एनआरएन) को संसार भरि महत्वकांक्षी बढिरहेको बेला अहिले विश्वभर अधिबेशनको चहल पहल चलिरहेको बेला, दक्षिण कोरियाको NRNA अधिबेशन को लागि पनि उम्वेद्वारी दिनेको लर्को चलिरहेकोछl NRNA नेतृत्व को लागि बिशुद्द राजनीतिक, निस्वार्थ भावना र सक्षम व्यक्तिहरुको खाचोछl यसको लागि अनुभव र कार्य क्षेमताको हिसाबले स्वतन्त्र, निस्पक्ष र पारदर्शी हिसाबले एउटा सक्षम व्यक्ति चुनिनु पर्छ l तर यहाँ विभिन्न राजनीतिक दलका गुटबन्दी, संघ संस्था, र क्षेत्रगतरुपमा आ-आफ्नो निकटम व्यक्ति घुसाइदैछl जस कारण एउटा व्यक्तिगत स्वार्थ र असक्षम व्यक्तिको हातमा नेतृत्व पर्न गइ NRNA को अस्थित्व नै गुम्ने अवस्था छl यसो हुन नदिन म एउटा बिशुद्द राजनीतिक, निस्वार्थ भावना, सक्षम व्यक्ति भएको नाताले मेरो NRNA दक्षिण कोरियाको पाचौ अधिबेशनमा महासचिब पदको लागि उम्वेदारी यसै सामाजिक संजाल बाट घोषणा गर्दछुl महासचिब पदको लागि म उमेश राई लाइ दक्षिण कोरियाबासि सम्पूर्ण गैह्र आवासीय नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछुl मेरो व्यक्तिगत विवरण तल उल्लेख गरेकोछुl संस्थाप्रतिको मेरो लगाब अनुभव क्षेमताको हिसाबले तपाई हरुको मन जित्न गइ, तपाई हरुको माया अनि साथ र सहयोगले मलाई जिताउनु भयो भने संस्थाप्रतिको कर्तब्य पूर्ण रुपमा निभाउने बचन गर्दछुl

मेरो प्रतिबद्दताहरु:- १. प्रथम त हामी मजदुरहरुको संख्या ७० प्रतिसत भएकोले मजदुरको हक अधिकार सुनिस्चित गर्नु होl त्यसमा पनि अति दुर्गम स्थानको मजदुर र बिशेस गरेर कृषि क्षेत्रको मजदुरहरुको समस्या लाई मध्यनजर गर्नेl किन कि कोरिया मा पनि नेपाली सरकार र विभिन्न ठुला संघ संस्था भनाउदा हरु राजधानी एरियामा मात्र सिमित भएकोले दुर्गम क्षेत्रका मजदुर हरुको समस्या धेरै छन्l त्यस्तो समस्याको समाधान गर्न जोड दिनेl 2. संस्थामा भएको ब्यथिति विसंगतिहरु हटाइ संस्थालाई चुस्त र तन्दुरुस्त संस्थाको रुपमा स्थापित गराउनl ३. बिगतमा भएको कमि कमजोरी आर्थिक अनिमियता पारदर्शी गरानेl ४. संस्थामा भएको गति बिधिहरुको बारेमा नियमित रुपमा प्रतिबेदन प्रस्तुत गर्नेl ५. नेपाली समुदायको लागि विभिन्न उपलब्धि मुलक कार्य योजनाहरु संस्थामा प्रस्तुत गर्नेl ६. बिदेशमा सिकेका ज्ञान, शिप, पुंजी लाई स्वदेशमा लगानी गर्न NRNA संस्था मार्फत प्रोत्साहन गराउनेl ७. दक्षिण कोरियाको लागनी नेपाल भित्र्याउन यहाँका ब्यापारी र नेपाल सरकार बिच NRNA लाई मध्यस्थ कर्ताको रुपमा स्थापित गराउनेl

मेरो बिषयमा:- बिगत २०१२ अक्टोबर महिनामा ई.पी. एस. मार्फत मजदुर भिषामा दक्षिण कोरिया प्रवेश गरि श्रमिक रुपमा जीवन ब्याथित गर्दै गर्दा, आफु श्रमिक हुनुको पिडा र परिस्थिति बस परदेशी भूमिमा श्रमिक जीवन बिताउनु पर्ने बाध्यताले छटपटाई रहेको अबस्थामा, उता दुवाई मा एउटा निर्दोष श्रमिक अनिश खालिंग को मृत्यु दण्डले झनै मर्माहत तुल्यायोl एउटा श्रमिक अनि निर्दोष ब्याक्तिलाई बचाउनु पर्छ भन्ने भावनाले अनिश खालिंग बचाऊ अभियानमा “हाम्रो जीवन हाम्रो सोच” को तर्फ बाट केहि रकम उठाई सहयोग गर्न सफल भयौl यो मेरो जीवनमा पहिलो पटक सामाजिक सेवा गर्ने अवसर बन्योl जसकारण मैले गरेको सहयोगबाट पाएको सम्मानले गर्दा अझै सामाजिक सेवामा लाग्ने हौसला र प्रेरणा मिल्योl तत् पश्चात विभिन्न संघ संस्थाहरु संग आबद्द भै विसुद्द राजनीतिक, पारदर्शी र निस्वार्थ भावनाले समाज सेवामा लागि रहेको छुl

यसै गरि हामीले दक्षिण कोरियाको गुन्सान शहर स्थित नेपाली समुदाय बिच (भ्यु अफ नेपलिज ग्रुप, गुन्सान) भन्ने एउटा संस्था स्थापना गरियोl जसमा सस्थापक उपाध्यक्ष हुदै अहिले कार्यकारी अध्यक्षको रुपमा रहेकोछुl यस सस्थामा स्थापना काल देखि दक्षिण कोरियामा रहेका नेपाली समुदाय बिच दुख र सुखमा सरिक हुदै आइरहेको छुl मजदुरहरुको लागि सामान्य कानुनी परामर्श देखि लिएर बिरामीहरुको लागि आर्थिक सहयोग उठाई संस्थागत सहयोग गर्दै आइरहेका छौl दक्षिण कोरियामा रहेका नेपाली समुदाय लाई उपलब्धि मुलक र ज्ञान बर्दक सेमिनारहरु पनि गर्दै आइरहेका छौl दक्षिण कोरियामा बिकराल अबस्थामा देखिएको मजदुरहरुले आत्महत्या गर्ने समस्यालाई कम गर्ने उदेस्यले तनाव ब्यबस्थापन तथा स्व. नेतृत्व बिकाश प्रशिक्षण कार्यक्रम विभिन्न स्थानहरुमा गरिसकेका छौl जुन सरकार र विभिन्न ठुलठुला व्यक्ति र संघ संस्थाको लागि चुनौतीपूर्ण थियोl श्रमिक जीवन भन्दा अलिक माथि उठेर सुनौलो भबिस्यको कल्पना संगै आफ्नो देश र भावीसन्ततिको लागि कै गर्नु पर्छ भन्ने सोच भएका व्यक्तिहरु संग हातेमालो गर्दै नेपालमा इनभेस्टमेन्ट कम्पनि दर्ता गरिसकेका छौl जस बाट भोलिको दिनमा कोरियाको लगानी नेपाल भित्र्याउन सहज बन्नेछl यस संस्थामा रहेर हामीले अन्य थुप्रै विभिन्न प्रकारको कला र क्षेमता भएको व्यक्तिलाई समेटेर समुहहरु बनाएका छौl “हाम्रो जीवन हाम्रो सोच”, ईनर स्क्यनिंग इनार टच, गुन्सान चौतारी रहेका छन्l जसको परिणाम हामीले युवा मनोबिद, तथा प्रेरक वक्त्ता राज संसार श्रेष्ठ जस्ता ब्याक्ति जन्माई सकेका छौl हामीले गरेका कार्य हरु:- १. अनिश खालिंग बचाऊ अभियान मा आर्थिक सहयोग ४९०,००० वनl दुबाईमा मृत्युदण्ड पाएका व्यक्ति जुन हामी सबैको सहयोगले नया जीवन पाएकोछl २. तुल बहादुर बचाउ अभियान मा आर्थिक सहयोग ५५०,००० वनl नबलपरासी घर भई कोरिया आएको ३ महिनामा सेतो रक्त्तकोष को कमि अहिले ठिक भैसकेको छl ३. सुनिता मगर बचाऊ अभियानमा आर्थिक सहयोग ११०,००० वनl जुन साहस ले बाचेकी साहसी नेपाली छोरी भनेर चिनिन्छिनl ४. २०१३ अक्टोबर ६ मा SELF DEVELOPMENT SEMINAR by Raj sansar Shresth . ५. २०१४ जुन २९ मा छल्लाबुक्दो एरियाको नेपालीहरु लाई सहज र सरलरुपमा सेवा पुगोस भनेर MRP राहदानी बनाउन NRN ख्वंजु र राजदुतावास संग सहकार्यl ६. २०१४ अक्टोबर १९ तारिक:- SONSIK संग सहकार्यमा, हाम्रो ज्ञान, शिप र पुंजी हाम्रो राष्ट्रको लागि बिषयक अन्तरक्रिया कार्यक्रमl ७. १७ फेब्रुअरी २०१५ NRNA नेपाल हाउस ब्याबस्थापन को लागि सहयोगार्थ: ३००,००० वनl ८. २९ अप्रिल २०१५ मा तनाव ब्यबस्थापन तथा स्व. नेतृत्व विकाश सेमिनार: प्रेरक बक्त्ता राज संसार श्रेष्ठl ९. १० मे २०१५ नेपालमा गएको बिनाशकारी भुकम्प पिडित हरुको लागि राहत वितरण ६०,००,००० वन बराबरको सहयोगl

अनुभव र विभिन्न संघ संस्था संग आबद्द:- भ्यु अफ नेपलिज ग्रुप गुन्सान:- अध्यक्ष गुन्सन चौतारी: संस्थापक सल्लाहकार ओसिक्दो माइग्रेन्ट सेन्टर: संस्थापक सल्लाहकार हाम्रो जीवन हाम्रो सोच: संस्थापक सल्लाहकार ईन्नेर स्क्यनिंग इन्नर टच : संस्थापक सल्लाहकार खोटांग सेवा समाज दक्षिण कोरिया: सल्लाहकार नमस्ते नेपाल कोरिया डटकम, हेल्लो नेपाल कोरिया डटकम, फ़ोनिज कोरिया डटकम: न्युज रिपोर्टर नेपाली वेभ टि. भी.: सदस्य ब्रीक्स ईन्भेस्टमेन्ट कम्पनि: प्रमोटर शेयर होल्डर

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...