Advertisement
SKIP THIS

अटिजम बालाबालिकाको क्षेत्रमा कार्यरत सबिता अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित


काठमान्डौ – इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल(ICPMCSQC)- मरिसियस देशबाट नेपालको बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को संचालिका युवा सामाजिक अभियान्ता सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।

 

ICPMCSQC को दशौ बर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न राष्ट्रको ब्यक्त्तित्वहरुलाई सम्मान गर्ने क्रममा मे २५ देखी २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा नेपालमा बिशेष बालबालिकाहरुको क्षेत्रमा अहम भूमिका निर्वाह गरेको भनी विगत लामो समय देखी अटिजम बालबालिकाहरुको सेवामा आफुलाई समर्पित गर्दै आउनु भएको नेपाली चेली युवा सामाजिक अभियान्ता सबिता उप्रेतीलाई नेपालको तर्फबाट सम्मानित घोषित गरि उक्त सम्मान ग्रहण गर्न मरिसियस बोलाएको थियो तर देशमा भुकम्पको कारणले गर्दा देश रोइरहेको बेलामा उनि सम्मान लिन जान सकिनन् ।

 

त्यति बेला उनि नेपालको बिभिन्न ठाउमा नेपालीहरुको दु:खमा मलम लगाउनको लागि राहत बितरण गर्न दिन रात खटिरहेकी थिईन । त्यसैले सो सम्मान संस्थाले कुरियर मार्फत नेपाल पठाइ दिएको थियो | SSDRC को बालबालिकाहरु र अभिभावकहरु बिच तीज बिशेष अनौपचारिक दर खाने कार्यकक्रममा SSDRC को बालबालिकाहरुको हातबाट उप्रेतिले उक्त्त सम्मान ग्रहण गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...