Advertisement
SKIP THIS

मगरात र मगर संघको दायित्व


डोलु आलेमगर
काम गर्ने जस अपजसको दुवैको भागिदारी हुन्छन् । यो सत्य हो कि कुनै पनि संघ सस्थामा रहेर काम गर्दा झनै जस भन्दा अपजस धेरै भेटिन्छन ।

 

म आजसम्म नेपाल मगर संघ कोरियाको कुनै पनि बैठकमा उपस्थित नभएको कारणले मेरो यो लेखले उठाउन खोजेको विषय मेरो अधिकारको हो वा होइन अज्ञान छु। तर सबै कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरु समक्ष माफी माग्दै आफ्नो छोटो दिमागले नबुझेको कुराहरुलाई यहाँहरु समक्ष राख्न चाहेको छु। गल्ति भए क्षमाप्रार्थी छु।

 

मगर संघ दक्षिण कोरिया एउटा जातीय संगठन हो । यो राजनीतिबाट अलग रहनुपर्छ वा पर्दैन, यसको काम कर्तव्य र अधिकारको क्षेत्र के हो कति हो ? मैले विधान पनि नपढेको कारणले त्यतातिर धेरै जान चाहिन । तर जातीय संगठनहरुले जातीय अधिकारको कुरा गर्छ कि जस्तो लाग्छ जुन राजनीतिक विषयसंग सम्बन्धित हुन पनि सक्दछ।

 

विषयतिर प्रवेश गर्न चाहान्छु । यतिबेला नेपालमा जातीय पहिचान र अधिकारको राजनीति चलिरहेको छ। जसले जति सशक्त आवाज उठाउन सक्यो तिनैको अधिकार स्थापित हुने परिपाटीको निरन्तरता छ नेपालमा तर दुख हामि नेपालको धेरै जनसंख्या भएको आदिवासी जनजातिहरु मध्यको मगरहरु यस हिसाबमा निक्कै कम्जोर देखिएका छौं। त्यसैको प्रमाण स्वरुप आज ६ प्रदेशको संघियतामा मगरहरुलाई अल्पमतमा पर्ने नियतले ३ प्रदेशतिर विभाजन गरेको छ। ऐतिहासिक भुमी मगरातलाई ३ टुक्रा पारिएको छ।

 

हिजोका शासकहरुले गर्ने गरेको विभेद र फुटाउ र शासन गर भन्ने सिद्धान्तको शृंखलालाई आजका कथित लोकतन्त्रक/गणतन्त्रका मसिहाहरुले पनि जारि राखेको प्रष्ट देखिन्छ । तर हाम्रो आवाज खोइ ? हामी सचेत मगरहरुको स्वर खोइ ? के हामी ‘आइ एम प्राउड टु बी मगर ‘ भन्ने नाराले मात्र हाम्रो पहिचानको रक्षा हुन्छ ? कुनै कार्यक्रममा मगर भेष धारण गरेर, झोर्ले भनेर मात्रै हाम्रो अधिकार स्थापित हुन्छ ? त्यसमा मगर संघ दक्षिण कोरियाको भूमिका के रहन्छ ? के रहनु पर्थ्यो ? मैले जान्न चाहे अधिकार छ वा छैन अज्ञान छु।

 

मगरातको विषयमा हाम्रो फरक फरक धारणा हुन् सक्ला त्यो अलग कुरा हो। तर यहाँ मगरहरुलाई संधै अल्पमतमा पर्ने, मगरहरुलाई कहिल्यै राजनीतक रुपमा माथि उठ्न नदिने, राज्यको नीतिनिर्माण तहमा पुग्नै नदिने गरि फेरी पनि नयाँ नेपाल भनिने संघीयताको सीमांकन गरिएको छ । जुन विषयमा नेपाल मगर संघले विरोध गर्दै आएको छ। त्यसैको विरोध स्वरुप भाद्र ३ गते अर्थात् भोलि संविधानसभाको भवन अगाडी बृहत प्रदर्शन गर्ने विरोध र्याली निकाल्ने भनिएको छ। त्यो बारेमा मगर संघ कोरियाको धारणा के हो ? समर्थन वा विरोध ? समर्थन हो भने उक्त विरोध कार्यक्रमसंग ऐईकबद्धता जनाउदै एउटा विज्ञप्ति किन सार्वजनिक गर्न सक्दैन ? मगरातलाई छिन्नभिन्न बनाउने र मगरहरुलाई अल्पमतमा पर्ने गरि ६ प्रदेशको संघीयता कोरिदा मगरहरुलाई ३ तिर विभाजन गर्दा हाम्रो धारणा के हो ? समर्थन वा विरोध ? विरोध हो भने मगर संघ कोरियाले एउटा विज्ञप्ति समेत किन निकाल्न सक्दैन ?

 

अन्त्यमा हामी नेपाली हौँ नेपाल रहे मात्र मगरात र मगर अधिकारको आवाज उठाउन सक्छौं। हामीले जातीय सद्भाव र सह-अस्तित्वलाई ख्याल गर्दै आफ्नो आवाज उठाउन सक्नु पर्दछ। तर हाम्रो अधिकारको विषयलाई अतिरन्जित गरेर हामीलाई जातिय विखण्डनकारी र जातीय सद्भव बिगार्न उद्धत भन्नेहरुले यो बुझ्नु जरुरि छ कि एक हातले ताली बज्दैन। एकहोरो रोटि पाक्दैन। हामीले चुपचाप सहेर मात्र सद्भाव कायम रहन सक्दैन।

 

मगरहरु “मगरवाद” प्रताडित छौं। मगरवाद भनेको केवल रंगरमाइलो गर्ने र त्यसैमा रमाउने अर्थमा हेरेको छु। नेपाल मगर संघ दक्षिण कोरियाको हकमा पनि यो लागू नहोस भन्ने चाहान्छु। हामी पूर्ब वा पश्चिम हिमाल,पहाड वा मधेश जहाँजहाँका मगरहरु हौँ हामीलाई फुटाउने र राज गर्ने शासकहरुको खेलदेखि हामी सचेत हुनु जरुरि छ। हामी विस्वको जुनसुकै कुनामा रहेपनि एक भएर आवाज उठाउनु जरुरि छ।आज नेपालका मगरहरु र सिंगो नेपाल मगर संघले अधिकार को निम्ति आवाज उठाउंदै गर्दा नेपाल मगर संघ दक्षिण कोरियाले जातीय अधिकार प्राप्तिको लडाइमा निमुख भएर बस्नु शोभनीय भयो या भएन?

 

फुच्चेले फुच्चे विचार राखेको छु र फेरी पनि समस्त पदाधिकारी र सल्लाहकारहरु समक्ष माफी माग्न चाहन्छु।

स्याङ्जा
हाल -दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...