Advertisement
SKIP THIS

कोरियामा औद्योगिक दुर्घटना परेकाले नेपालबाटै विमा दावी गर्न पाउने


रीतु थेबे

काठमाडौं – दक्षिण कोरियामा काम गरेर फर्केकाहरुले नेपालबाटै औद्योगिक दुर्घटनावापतको क्षतिपूर्ति दावी गर्न पाउने भएका छन | कोरियाको श्रम कल्याण परिषद् र एचआरडीले प्रणालीमा सुधार गरेपछि स्वदेश फर्केका कामदारले पनि क्षतिपूर्ति दावी गर्न पाउने भएका हुन । यसअघि कोरियामा कार्यरत कामदारले मात्रै यसबापतको विमा दावी गर्न पाउँथे ।
कोरियामा काम गरेको चोटकै कारण नेपालमा आएर विरामी परेकाहरु र मृत्यु भए उनीहरुका परिवारले औद्योगिक दुर्घटना विमा दावी गर्न पाउने एचआरडी कोरिया इपिएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले जानकारी दिनुभयो । ‘कार्यस्थलबाट भएको रोग वा दुर्घटना देखिए विमा दावी गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘प्रमाणित भए कानूनी र गैरकानूनी दुवै हैसियतमा बसेका कामदारले क्षतिपूर्ति पाउँछन । रोजगारदाताले विमा नगरिदिएको भएपनि पीडितले क्षतिपूर्ति रकम पाउँछन ।
औद्योगिक दुर्घटना विमा अन्र्तगत उपचार खर्च, काम नगरेको अवधिको तलब, दुर्घटना तथा रोग क्षतिपूर्ति पेन्सन, अपाङ्ग भत्ता पीडित कामदारले पाउनेछ । कामदारको मृत्यु भए हकदारले काजकिरिया खर्च पाउँछ । तर सडक दुर्घटना, झैझगडा लगायत अरु कारणले ज्यान गुमाएका वा अंगभंग भएकाहरुले भने यो विमा दावी गर्न पाउने छैनन । कामका कारण भएको रोग वा दुर्घटना हो होइन भन्ने कुरा कोरियाको स्वास्थ्य सम्बन्धी चेकजाँच गर्ने एक समितिले गर्नेछ ।

नेपालबाटै विमा दावी गर्न एचआरडी कोरिया इपिएस सेन्टरले सहयोग गर्नेछ । कोरियामा काम गरेका नेपाली कामदारले स्वास्थ्य, रोजगार, नागरिक पेन्सन र औद्योगिक दुर्घटना गरी चार किसिमका विमा दावी वापतको क्षतिपूर्ति पाउँछन ।
नेपाल ‘कमिटेड वर्कर’ पठाउनेमा पहिलो, पिबिटीमा दोश्रो

 

सन् २०१५ को शुरुदेखि अहिलेसम्म २ सय जना नेपाली ‘कमिटेड वर्कर’का रुपमा कोरिया पुगेका छन । इपिएस मार्फत कोरियामा रोजगारी गर्न पठाउने १५ वटा देशमध्येको यो पहिलो ठूलो संख्या हो । पुनःरोजगारी अन्र्तगत एउटै कम्पनीमा पाँचवर्ष काम गर्नेहरु ‘कमिटेड वर्कर’ का रुपमा कोरिया जान पाउँछन ।

त्यस्तै सोही अवधिमा ४ हजार ५ सय २४ जना नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन । यो संख्या कम्बोडिया पछिको दोश्रो हो । ४ हजार १ सय ९८ जना कामदार पठाएर तेश्रो स्थानमा इण्डोनेसिया छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...