Advertisement
SKIP THIS

फिफाको अध्यक्ष पद कोरियाली अर्बपति चुङको दाबी


पेरिस- दक्षिण कोरियाली अर्बपति व्यापारी चुङ मुङ जुनले सोमबारबाट पद त्यागको योजनामा रहेका फिफा अध्यक्ष सेप ब्लाटरको आलोचना गर्दै औपचारिक रूपमा आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
 
चुङले आफू निर्वाचित भए भ्रष्टाचारको विवादमा फसेको विश्व फुटबलको सर्वोच्च निकायलाई चारवर्षे कार्यकालमा विवादमुक्त गराउने नाराका साथ चुनावी अभियान थालेका छन्।’अहिले फिफा विभिन्न विवादका कारण चरम संकटमा फसेको छ। यस्तो अवस्थामा फिफा अध्यक्ष पदमा एउटा क्राइसिस म्यानेजर आवश्यक छ।
 
जसले फिफालाई पुनर्संरचनाको बाटोमा अघि बढाउन सकोस्,’ फिफाका पूर्व उपाध्यक्ष ६३ वर्षे चुङले पेरिसमा आयोजित पत्रकार सम्मेलनमा सोमबार भने, ‘फिफाको मुख्य समस्या भनेको भ्रष्टाचारमा संलग्नहरूले यसलाई लुकाउन खोजिरहेका छन्। पछिल्लो चार दशकदेखि एउटै मानिस (ब्लाटर) ले फिफालाई हाँकिरहेकाले यो संस्था भ्रष्टाचारको बदनाम थलो बनेको हो।
 
असीमित अधिकारले असीमित भ्रष्टाचारको बाटो खोल्छ।’फिफाको साधारणसभाअघि मे महिनामा जुरिचको एक होटलमा फिफाका सात अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्व फुटबलको सर्वोच्च निकाय विवादमा नराम्ररी फसेको थियो।
 
 
टेलिभिजन प्रसारण अधिकार तथा मार्केटिङसम्बन्धी सम्झौतामा १५ करोड अमेरिकी डलर भ्रष्टाचार भएको आरोप लागेका १४ मध्ये सात जुरिचबाट पक्राउ परेका थिए। तर, व्यक्तिगत रूपमा ब्लाटरमाथि भने भ्रष्टाचारको कुनै आरोप छैन।
 
 
हुन्डाई व्यावसायिक समूहका मुख्य मालिकमध्येका एक चुङले आफू फेब्रुअरीमा हुने साधारणसभाबाट निर्वाचित भए पनि एक कार्यकालमात्र अध्यक्षमा काम गर्ने बताए। ‘म फिफालाई चार वर्षमा परिवर्तन गर्न सक्छु। विश्वभरका फुटबल समर्थकसँग यो मेरो प्रतिबद्धता हो,’ उनले भने, ‘दशकौंदेखि भ्रष्टाचार झाँगिएको फिफामा सुझबुझ भएको, पारदर्शी र उत्तरदायी नेतृत्व आवश्यक छ।’
 
 
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष मिचेल प्लाटिनी, ब्राजिलका महान फुटबलर जिको र लाइबेरियाली फुटबल संघका प्रमुख मुसा बिलिटीले पनि फिफा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यसैगरी फिफाका अर्का पूर्वउपाध्यक्ष जोर्डनका राजकुमार अली बिन अल हुसेनले पनि विश्व फुटबलको सर्वोच्च पदका लागि प्रतिस्पर्धामा आफूलाई उतारेका छन्।-नागरिक
 
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...