प्रेम प्राकृतिक कुरा हो – गायिका श्रेयसी चेम्जोङ


धनकुटा जिल्लाको बसन्तटार – ४ मा आमा माङरोती चेम्जोङ र बुवा तसार सिं चेम्जोङको कोखवाट २०५५ सालमा जन्मेकी गायिका श्रेयसी चेम्जोङ युवा पुस्ताकी चर्चित गायिका हुन् | २०६३ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेकी चेम्जोङले ” विधाताले दिएको मानिसको हाम्रो जिन्दगी” बोलको गीत रेकर्ड गरेर सांगीतिक दुनियामा पाईला चालेकी हुन् | २०७१ सालमा पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्ड अन्तर्गत ‘सर्वोत्कृष्ट गायिका सुगम संगीत अवार्ड ,२०७० सालमा चौथो विन्दवासिनी म्यूजिक अवार्ड अन्तर्गत ‘वर्षको सर्वोत्कृष्ट नवप्रतिभा’ अवार्ड , २०७० मा धनकुटा प्रतिभा पुरस्कार नगद रु. १५,००० सहित दर्जनौ पुरस्कार र सम्मान पत्रवाट पुरस्कृत भईसकेकी छिन | आधा दर्जन एकल साझ र दर्जन भन्दा बदि युगल साझ गरिसकेकी चेम्जोङले आधा दर्जन नेपाली चलचित्रमा पनि स्वर दिइसकेकी छिन | बर्तमान नेपाली संगीत बजारको अवस्था कस्तो छ त यसैको सेरोफेरोमा रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले चेम्जोङसंग गरेको कुराकानी :-

 

 

संगीतमा लाग्ने प्रेरणा कोबाट पाउनु भो ?

मैंले ६ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी हुँ । मलाई गीत, संगीतमा लाग्ने प्रेरणा दिनुहुने मेरी फूपुको छोरा दाजु पूर्णचन्द्र जबेगुबाट पाएकी हुँ । वहाँले मलाई बोकेर ठाउँठाउँमा गीत गाउन लानुहुन्थ्यो । मेरो स्वर राम्रो छ भनेर प्रचार गरिदिनुहुन्थ्यो । वहाँ मेरो साँगीतिक जीवनको आधार हुनुहुन्छ । वहाँले त्यसो नगरिदिनुभएको भए शायद म अहिले यसरी गायिकाको रुपमा परिचय दिन लायक हुन्नथेँ होला । वहाँप्रति म सधैँ आदर गर्दछु ।

यति सानै उमेरमा यति ठूलो सफलता पाउनुभएको छ । यसको श्रेय कसलाई दिनुहुन्छ ?

 

यो सफलताको श्रेय मेरो अभिभावक/मामा श्री भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ लाई जान्छ । वहाँ मेरो कर्मदाता पनि हुनुहुन्छ । म त उमेरको हिसाबले सपना जस्तो गरी गीत गाउदै आएकी छु । सारा कुराको बन्दोबस्त मेरो मामाले नै गरिदिनुहुन्छ । मेरो काम पाएको गीत राम्रोसँग गाइदिने मात्र हो । मैंले आजसम्म जुन मान, सम्मान र सफलता पाएकी छु मामाकै साथले सम्भव भएको हो ।

 

 

समग्रमा नेपाली संगीतको अवस्था कस्तो छ ?

 

पहिलेका अग्रज गायक, गायिका जति पनि हुनुहुन्थ्यो वहाँहरुको समयमा गीत, संगीतको माहोल त थियो तर गीत, संगीतमै लागेर बाँच्नसक्ने अवस्था थिएन । त्यो हेरी त अहिलेको गीत, संगीतको र त्यसमा लाग्ने कलाकारहरुको अवस्था राम्रो छ । पहिलाभन्दा अहिले गीत, संगीतमा रुची राख्ने श्रोताहरुको संख्या बढेको पाइन्छ ।

 

सुगम संगीतको बजार पछिल्लो चरणमा खस्केको छ भन्छन् नि ?

 

मलाई त्यस्तो लाग्दैन किनभने पहिलाको भन्दा अहिले सुगम संगीतका श्रोताहरुको संख्या धेरै छ । कुशल गायक, गायिकाहरु पनि बजारमा धेरै आएका छन् । गीत गायनको स्तर र आधुनिक प्रविधिबाट रेकर्ड भएका गीतहरु बजारमा प्रशस्त मात्रामा पाइन्छन् । सञ्चार माध्यमको पहुँच पनि बढेको छ । प्रसस्तै रेडियो, एफ. एम. अनि टेलिभिजनहरु छन् । पहिलेको भन्दा अहिले गीत धेरै श्रोताहरुको सामु पुग्न सकेको अवस्था छ । हजारौँ गीतकार, संगीतकार, गायक, गायिका, वाद्यवादकहरु, रेकर्डिङ स्टुडियोहरु राम्रैसँग रोजीरोटीको व्यवस्था गर्न सकेको अवस्था छ । सुगम संगीतका गीतहरु नै कालजयी बनेका छन् । त्यसैले सुगम संगीतको बजार खस्किनुको सट्टा बढेको चाहिँ हो भन्न सकिन्छ ।

 

चर्चित गायिका पर्नुभो । प्रेम प्रस्ताव राख्नेहरु पनि होलान् नि ?

 

प्रेम प्राकृतिक कुरा हो तर कुन समयमा प्रेम गर्नु उचित हुन्छ भन्ने कुराको ठूलो महत्व हुन्छ । त्यसैले मेरो अहिले नै प्रेम प्रस्ताव पट्टी ध्यान दिने अवस्था आएको छैन ।

 

संगीत क्षेत्रमा पनि नातावाद र कृपावाद चल्छ भनिन्छ नि ?

 

तपाईको यो प्रश्नबाट म अत्यन्तै खुशी छु किनभने योभन्दा पहिले यस्तो प्रश्न कसैले पनि सोधेको थिएन तर सोधुन् भन्ने मलाई लाग्थ्यो । हो, मैँले देखेको र भोगेको पनि छु । नेपालमा अरु क्षेत्रमा नातावाद र कृपावाद भएजस्तै संगीतको क्षेत्रमा पनि नातावाद र कृपावाद झनै हावी छ । यसैको कारण राम्रा कला र गला भएका प्रतिभाहरु ओझेलमा छन् तर पहुँच भएकाहरु जसको कला र गला उति स्तरीय नभए पनि रातदिन सञ्चार माध्यमहरुमा छाइरहेका हुन्छन् । राम्राराम्रा अवार्ड र सम्मान अनि अवसर पनि तिनैले पाइरहेका हुन्छन् । यस्तो चलनलाई हटाउनै पर्छ ।

 

भावी योजनाहरु के के छन् ?

 

म अहिले बिद्यार्थी भएको हुनाले पढाइमा नै विशेष समय दिनेछु । आगामी वर्ष लोक, आधुनिक, पप, लिम्बू भाषामा एकल एल्बम् निकाल्ने सोचमा छु र तयारी पनि थालेकी छु ।

 

राम्री पनि हुनुहुन्छ मोडेलमा अफर आयोभने अभिनयमा पनि जम्ने विचार छ कि ?

 

11857714_10207612972068200_654765879_n
धेरै धेरै धन्यबाद म जस्तीलाई राम्री देख्नु भएकोमा । अरुको म्युजिक भिडियोमा होइन आफ्ना गीतका म्युजिक भिडियोहरुमा चाहिँ अभिनय गर्नु पर्ला कि जस्तो लागिरहेको छ र अरुले पनि तिमी आफैँले आफ्ना गीतहरुमा अभिनय गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिनुभएको छ ।

 

 

सानै उमेरदेखि गायनमा लाग्नुभो । पढाइलाई त बाधा पुग्यो होला नि ?

 

एकदमै सही कुरा हो । जति मेरा साथीहरुले पढाइलाई समय दिन्छन् । त्यति म दिन सक्दिन तर म सक्दो मेहनत गर्दैछु ।

 

 

प्राय! सेन्टिमेन्टल गीत गाउनु हुन्छ । स्वरले त्यस्तै गीतलाई म्याच गरेर हो कि ?

 

सबै खालका गीतहरु गाउँछु । रोमान्टिक गीतहरु पनि धेरै गाएको छु र गाउँदैछु । मेरो स्वरमा धेरै संगीतकार तथा गीतकारज्यूहरुले सेन्टिमेन्टल गीतहरु रेकर्ड गर्न चाहनु हुन्छ र धेरैजसो सेन्टिमेन्टल गीतहरु सबैले मनपराइदिनु भएको छ । तुलनात्मक रुपमा सेन्टिमेन्टल गीतहरु चलेका छन् ।

 

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?

 

विश्वभरीका मेरा श्रोताहरुमाझ आफ्ना कुराहरु राख्न अवसर दिनुभएकोमा फोनिजकोरियालाई विशेष धन्यबाद दिन चाहन्छु । यसका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मलाई माया गर्ने आदरणीय फ्यानहरुप्रति आभारी छु र आउने दिनहरुमा पनि मेरा गीतहरु सुनेर मलाई माया गरिदिनु होला भनी हार्दिक अनुरोध गर्दछु ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...