जितन भाईको म्युजिक भिडियो कोरियामा छायांकन
सोल – पछिल्लो समय ईपिएस प्रणालीवाट कोरिया आउने नेपालीको संख्या बढेसंगै कोरियाको ब्यस्त समयको बावजुत पनि सिर्जनशील कार्य गर्नेको संख्या बददो छ | यसैमा थपिएका छन् ईपिएस प्रणाली मार्फत २ बर्ष अगाडी कोरिया आएका जितन भाई श्रीष |
१२ / १४ घण्टा दिन रात काम गरेर बचेको समयमा कलम चलाउदै आएका श्रीषले ” छोडी गयौ मुटु साटनेले ” गीतको छायांकन कोरिया बिभिन्न मनोरम स्थल सोल टावर , हान नदीको किनार लगायतका ठाउमा गरेका छन् |
उक्त गीतमा गायिका जुना श्रीषको स्वर रहेको छ भने शब्द , संगीत जितन भाईको रहेको छ | बसन्त थापाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अनुराग सापकोटाले खिचेका छन् | अभिनय स्यंम जितन भाई श्रीष र मनु जुग्जालीले गरेका छन् |
छायांकन सकिएसंगै अहिले धमाधम सम्पादन कार्य भईरहेको र गीतको म्युजिक भिडियो असोजको पहिलो साता बजारमा ल्याउने तयारी गरिरहेको जनाएका छन् |