Advertisement
SKIP THIS

कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो


किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बु समुदायको महान चाड “चासोक तङनाम” भव्यताका साथ मनाएको छ। चुम्लुङले डिसेम्बर २२ तारिख आइतबार 가야 대학교 किम्हेमा शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाएको थियो। सेवा साबा श्री चेम्जोङले चासोक पूजा गरि विधिवत रुपमा कार्यक्रम सुरु गरेका थिए।

उक्त कार्यक्रममा हेमन्त गुरुङ, एरिक सम्बाहाम्फे, राज नेम्बाङ, सन्देश लिम्बूको गायन प्रस्तुती रहेको थियो। यसैगरि अन्य कलाकारहरु बिबेक निङ्लेखु, सुरेन लिम्बू, शान्ति लिम्बू, सुनिल बेघा, दिलुसा लिम्बू, बिमन्ता लिम्बूले पनि बेजोड प्रस्तुती पस्केका थिए। चुम्लुङको तर्फबाट केलाङ यसैगरि यायोक्खा बुसान टोलीको साकेला नृत्य पनि रहेको थियो। तङनाममा सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि राखिएका थिए। बुसान चुम्लुङ अध्यक्ष प्रताप इधिङ्गोको अध्यक्षता र चुम्लुङ कोरिया केन्द्रका बरिष्ठ उपाध्यक्ष मनोज मादेम्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमा पाकेको नयाँ अन्नबाली सर्वप्रथम पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ। चुम्लुङ बुसान शाखाले गतवर्ष गायक साइल लिम्बूको साथमा चासोक मनाइएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...