Advertisement
SKIP THIS

पूर्वाञ्चल सरोकार समाजको साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन


पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। जुलाई २८ तारिख आइतवार सरोकार समाजको आफ्नै हलमा सम्पन्न साधारण सभाले संस्थाको नाम परिवर्तन गरेको छ। परिवर्तित संस्थाको नाम “पूर्वी नेपाल समाज, दक्षिण कोरिया” रहने भएको छ। सभामा महासचिव केदार निरौलाले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा मेवाहाङले आर्थिक विवरण राखेका थिए।

सधारण सभाले केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै विधान संसोधन गरेको छ । “पूर्वी नेपाल समाज, दक्षिण कोरियाले ” पूर्वी नेपाल अन्तर्राष्ट्रिय समाजमा आवद्ध हुने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समाजले विश्वमा छरिएर विभिन्न देशमा स्थापना भएका पूर्वी नेपालका संस्थाहरुलाई जोड्ने काम गर्दछ ।

यसै सभामा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाजलाई एक थान प्रोजेक्टर पनि हस्तान्तरण गरेको थियो।

उक्त सभामा आगामी छुसकमा गरिने सांगितिक कार्यक्रम र डान्स पार्टीको पोस्टर पनि सार्वजनिक गरिएको थियो। छुसकको पहिलो दिन सेप्टेम्बर १५ मा भोजपुर परिवारले डिजे अ्मु डिजे छिरिङ र रक गायिका तेन्जिङ डोल्मा गुरुङलाई डान्स पार्टीमा प्रस्तुत गर्ने छ  ।  त्यस्तै दोश्रो दिन सेप्टेम्बर १६ मा पाँचथर सेवा समाजले नेपथ्य ब्याण्डलाई स्टेजमा उतार्ने छ। यसैगरी दोश्रो दिनकाे साँझ किरात याक्थुङ चुम्लुङले याक्थुङ रैथाने मेलोडी साँझ विथ छेवाङ लामा र डिजे छिरिङको साथमा डान्स पार्टीको आयोजना गर्ने भएको छ।

सरोकार समाजका अध्यक्ष गजेन्द्र सेर्माको अध्यक्षता र पूर्वी नेपाल अन्तराष्टृय समाज तदर्थ समितिका केन्दृय सदस्य गंगाराज राईको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संरक्षक अमृत राई एम टि यू अध्यक्ष उदय राई सल्लाहकार ध्यान बहादुर राई, समसेर पंधाक, आदिवासी जनजाति महासंघका अध्यक्ष विसन राई लगायत विभिन्न संघ संस्थाहरुका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...