Advertisement
SKIP THIS

किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने


नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिक किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट” आयोजना गर्ने भएको छ । 

“नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ, नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ।”भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले 경상남도 김해시 동상동 시장 को खुल्ला पार्कमा ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको हो । 

होली ईभेन्टमा विभिन्न नेपाली खाना, बैंक, रेमेन्टेन्स्, ईलोक्ट्रोनिक्सका स्टलहरु रहने छ । साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा डिजे संग झुम्न सकिने जनाएको छ । मनोरञ्जनको लागी विभिन्न खेलहरु खेलाई पूरुस्कारहरुको समेत व्यवस्था गरिएको इन्भेन्ट संयोजक मिनु मोक्तानले बताएका छन्। “कोरियाको दोस्रो ठूलो शहर बुसानमा पहिलो चोटी होली ईभेन्ट कार्यक्रम गर्न लागिएको र विदेशी भूमिमा यस्ता खालका कार्यक्रमहरु आयोजना गर्न पाउँदा धेरै नै उत्साहित र गौरम्वित महसुस गरिरहेको छु ।” मोक्तानले बताए।

होली ईभेन्ट बिहान ११:०० बजे देखि ५:०० बजे सम्मा हुने छ ।  साथै इभेन्टमा प्रवेश शुल्क १ मान वोन तोकिएको र साथमा एउटा होली टी-शर्ट दिने पनि आयोजकले बताएको छ ।  

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले नेपाल लगायत कोरियामा नेपाली चलचित्र होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो। होली ईभेन्ट लगतै रामबाबु गुरुङ द्वारा निर्देशित नेपाली चलचित्र डिग्री माइला कोरियाका लागि अफिसियल राइट्स लिएर बुकिङ खुल्ला गरिसकेको छ । चलचित्र यही आउँदो बैशाख १ गते बाट नेपाल लगायत कोरियामा एकै साथ प्रदर्शनमा आउने जनाएको छ।

होली ईभेन्टमा विभिन्न व्यवसायहरु गर्न स्टल राख्न

010-9536-8458, 

010-7600-2013, 

010-2664-6728, 

010-8378-9566 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...