Advertisement
SKIP THIS

स्कटल्यान्डसँग नेपाल तीन रनले पराजित


सोल –  आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ५ विकेट गुमाउँदै २३२ रनमा समेटिएको थियो।
नेपालका लागि ओपनर अनिल मण्डलको प्रदर्शन लोभलाग्दो थियो । उनी तीन रनले करियरकै दोस्रो सतक बनाउन चुके ।

उनले ९१ बलमा ९७ रन बनाउन सफल भए । उनको पारीमा ९ चौका र १ छक्का सामेल थियो । त्यसैगरी कप्तान पारस खड्काले ५७ बलमा ७७ रन बनाए । त्यस क्रममा उनले २ छक्का र ५ चौका हाने ।

त्यसैगरी अर्का ओपनर महेश क्षेत्रीले ३९ बलमा २१ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल २४ बलमा १८ रन बनाइ आउट भएका थिए । नेपालका लागि सोमपाल कामीले ११ रनको योगदान दिए । यस्तै सरद भेसवाकर शून्यमा रन आउट भए।

यसअघि स्कटल्याण्डस्थित एलोवेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाउँदै २३५ रन बनाएको थियो।
स्कटल्याण्डका लागि कप्तान प्रेष्टन मोमसेनले ६२ बलमा ७८ रन बनाउँदै बिस्फोटक ब्याटिङ गरेका थिए। सोमपाल कामीको बलमा बोल्ड हुनुअघि उनले ४ छक्का र पाँच चौका प्रहार गरेका थिए। यस्तै कोन्डे लेङ्गेले नटआउट ५५ रन बनाए। उनले ४१ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे। काइले कोत्जेरले ४१ रन बनाए। बसन्त रेग्मीको बलमा विकेट किपर महेश क्षेत्रीबाट समातिनु अघि उनले ६० बल खेल्दै ५ चौका प्रहार गरेका थिए। म्याथ्यु क्रस २० र जर्ज मुन्सी १९ रनमा आउट भए।
नेपालका लागि बसन्त रेग्मी र पारस खड्काले २-२ तथा करन केसी र सोमपाल कामीले १-१ विकेट लिएका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...