कोरियामा ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव-२०२४’ सप्ताहव्यापी मनाउने


अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १९ देखि २५ तारिख सम्म विभिन्न विधाका कार्यक्रम गरी मनाउने भएको हो ।

‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव—२०२४’ नाम राखेर सप्ताहव्यापी कार्यक्रमको तालिका आयोजकले सार्वजनिक गरेको छ । सोमबारदेखि शनिवारसम्म (फेब्रुअरी १९—२५) सम्म जुम माध्यबाट अनलाइनमार्फत सेसन सञ्चालन गर्ने र आइतबार भौतिक रूपमा उपस्थितिमा अन्तिम सेसनबाट समापन गर्ने कार्यक्रम रहेको छ । ‘मातृभाषाको मृत्यु, पाठ्यक्रममा मातृभाषा, आदिवासी मुद्दा, भुईमान्छेको आवाज, भाषा आन्दोलन र नयाँ पुस्ता’ विषयहरूमा विमर्श गर्ने छन् । ‘कवितामा मातृभाषाका स्वरहरू’ (वाचन), ‘नेपालमा मातृभाषा साहित्यको अवस्था: अवसर र चुनौतीहरू’ (विचार), कुसुण्डाको अलग संसार (कार्यपत्र) र माझीको भाषिक सांस्कृतिक अवस्था (कार्यपत्र) प्रस्तुत हुने तालिकामा रहेका छन् ।

संस्थाले स्थापनाकाल देखि नै मातृभाषाको संवर्द्धन, उन्नयन साथै आदिवासी जनजातिका मुद्दाहरु माथी बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सन् २००० मा संयुक्त राष्ट्र सङ्घले फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता दिएपछि यस दिनलाई दिवसको रूपमा मनाउँदै आइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...