Advertisement
SKIP THIS

छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो


नेपालीहरुको दोस्रो महान चाड तिहार भर्खरै सकियो। तर परदेशमा रहेका नेपालीहरुले भने तिहारको अवसर पारेर धुमधामका साथ द्यौसीभैलो खेल्दै तिहार मनाउने क्रम जारी नै छ। सोही क्रममा ख्याङनाम नेपाली समाजले १९ तारिख आइतबार छाङवनस्थित ख्यङनाम माइग्रेन्ट सेन्टरमा तिहार तथा छट पर्व शुभकामना आदानप्रदानका साथमा नेपाली खाना महोत्सवको आयोजना गर्दै तिहार पर्व मनायो। तिहार पर्वको अवसर पारेर आयोजना गरिएको खाना महोत्सवमा सय जना भन्दा बढी नेपालीहरुको साथमा कोरियाली र अन्य मुलुकका पाहुनाहरुले नेपाली परम्परागत खानाको स्वाद लिएका थिए। “नेपाली खाना धेरै मिठो लाग्यो, यति धेरै नेपालीहरुको जमघटमा नेपाली साँस्कृतिक नृत्य हेर्दे नेपाली खानाको स्वाद लिँदा म आफैं नेपाल पुगेको अनुभूति भयो”, माइग्रेन्ट सेन्टरमा कोरियन भाषा पढाउने एक शिक्षिका भन्दै थिइन्।

त्यसैगरी पाँच पटक नेपाल पुगिसकेका ख्यङनाम माइग्रेन्ट सेन्टरका प्रमुख लि छलसङ नेपालीहरुसँग बसेर यसरी तिहार पर्व मनाउन पाउँदा गर्व महशुस गरेको बताउदै विदेशीहरु संसारको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कृति भुल्न नहुनेमा जोड दिए। खाना महोत्सवमा सहभागि धेरै नेपालीहरुलाई आफू एकैछिन भएपनि आफ्नै जन्मभूमिमा पुगेको अनुभूति भइरहेको थियो। “धेरै वर्षपछि तिहार मनाइयो म त नेपालमै छु जस्तो फिल भइराखेको छ सोचे भन्दा रमाइलो भयो,” माइग्रेन्ट सेन्टरमा कार्यरत नेपाली अनुवादक तथा परामर्शदाता योगिता गौतम खुशी व्यक्त गर्दै थिइन्।

विदेशी वासिन्दाहरुको लागि स्थानीय खाना महोत्सव भनेर हरेक मुलुकलाई सहयोग गर्दै आएको STX नामक सामाजिक कल्याण प्रतिष्ठानको प्रायोजनमा भएको खाना महोत्सवमा नेपाली खाना महोत्सवका साथै राष्ट्र चिनाउने पर्व ‘माम्फ’ कार्यक्रममा विशेष योगदान पुर्याउनेहरुलाई विशेष कदर गर्दै सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम पनि राखिएको थियो।

दुई चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा कोरियाली र अन्य मुलुकका सहभागिहरुलाई नेपालको परिचयका साथमा परम्परागत खाना, र तिहार पर्वको बारेमा PPT मार्फत जानकारी गराइएको थियो । त्यसैगरी विशेष दिदीभाई, दाजुबहिनीको पर्व तिहारको महत्व झल्किने गरी भाइटिका गरेर देखाइनुका साथै राश्मा लामा र जुलिफा तामाङले तिहारको गीतमा नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरी दोस्रो चरणको औपचारिक कार्यक्रम एनआरएनए ख्यङसाङनाम्दो, बुसान शाखाका अध्यक्ष सुबोध भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। संस्थाका सचिव रमेश अधिकारी र सहसचिव शुशिल भण्डारीले संचालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष बाला राईले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उदेश्य, माम्फ विगत र वर्तमान अवस्थाबारे आफ्नो विचार व्यक्त गरेका थिए।

संस्थाको अध्यक्ष धनबहादुर मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सगरमाथा समाजका अध्यक्ष लक्ष्मण राना, एनआरएन ख्यङसाङनाम्दो, बुसान शाखाका पूर्व अध्यक्ष सानुराज मगरलगायतले आफ्नो मन्तन्य राखेका थिए। कार्यक्रममा देउसी भैलो खेल्नुका साथै तिहारको गीतमा सामुहिक नृत्य पनि प्रस्तुत गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...