Advertisement
SKIP THIS

राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने


कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो ।  

“क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ ।  

लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchun Line, Ui-Sinseol Light Rapid Transit ( LRT) र सिलिम लाइन सबैमा यसले प्रवेश पाउन सकिनेछ । यद्यपि, फरक आधारभूत भाडाका कारण शिनबुन्डाङ लाइन समावेश गरिएको छैन।

पास सियोलको सार्वजनिक बस मार्गहरू र बाइक-साझेदारी सेवा Ttareungyi को लागि पनि उपलब्ध हुनेछ। सार्वजनिक बाइक-साझेदारी सेवा Ttareungyi  ६५,००० वोन ($ 48.72) को मासिक शुल्कमा प्रयोग गर्न सकिनेछ ।  

पास व्यावसायिक वाटरबस सेवामा प्रयोगको लागि पनि उपलब्ध हुनेछ । जुन अर्को वर्ष ग्योन्गी प्रान्तको गिम्पोलाई पूर्वी सियोलको जामसिलसँग जोड्ने अपेक्षा गरिएको छ। 

यो कार्ड प्लास्टिक कार्ड र मोबाइल एप दुवै ढाँचामा उपलब्ध हुनेछ । तर प्राविधिक समस्याका कारण मोबाइल सेवा सुरुमा एन्ड्रोइड उपकरणहरूमा सीमित छ। यसलाई ३ हजार वनमा किन्न सकिन्छ।

क्लाइमेट कार्डको परिचयसँगै, सार्वजनिक यातायातको प्रयोग धेरै मानिसहरुले गर्ने सियोल महानगरले अपेक्षा गरेको छ ।  जुन कोविड-१९ महामारीको समयमा केही हदसम्म घटेको थियो ।

महामारीको अगाडि २०१९ मा सार्वजनिक यातायात बस र सबवे ले ६५.६ प्रतिशत ओगटेको थियो । तर यो २०२१ मा ५२.९ प्रतिशतमा घट्यो ।

महानगरले सडकमा कारहरूको संख्या लगभग १३ हजारले घटाउने लक्ष्य राखेको छ । क्लाइमेट कार्ड मार्फत वार्षिक ३२,००० टन ग्रीन्हाउस ग्यास पनि उत्सर्जन हुने जनाएको छ । 

यसबाहेक, करिब ५ लाख नागरिकहरूले ट्रान्जिट पासबाट प्रति वर्ष ३ लाख ३४ हजार वन बचत गर्ने अनुमान गरिएको छ । जसले गर्दा यातायात खर्चको आर्थिक बोझ कम हुने माहानरले जनाएको छ ।

कोरिया टाइमसका लागि जुङ दा-ह्युनले लेखेको समाचार अनुसार यो कदम जलवायु संकटलाई सम्बोधन गर्न सार्वजनिक यातायातलाई प्राथमिकता दिने विश्वव्यापी प्रवृत्तिसँग मेल खान्छ। उदाहरणका लागि, जर्मनीले मे महिनामा Deutschland टिकट (ड्-तिक्केत) लन्च गर्‍यो ।  जसलाई 49-Euro-Ticket पनि भनिन्छ । यसको परिणामस्वरुप एक मिलियन कार-निर्भर व्यक्तिहरूले सार्वजनिक यातायात प्रयोग गरे । तीन महिनामा ११ करोड यो कार्ड बिक्री भएको जनाएको छ । 

“यातायात क्षेत्रमा जलवायु संकटको सबैभन्दा महत्वपूर्ण प्रतिक्रिया भनेको सार्वजनिक यातायातको प्रयोगलाई सक्रिय गर्नु हो,” सियोलका मेयर ओ से-हुनले भने। क्लाइमेट कार्डले जनवरीदेखि मे २०२४ सम्म परीक्षण सञ्चालन गर्नेछ र सोही वर्षको जुलाई १ मा आधिकारिक रूपमा सुरू गर्ने तयारी गरिएको छ।

सियोल महानगरका अनुसार, पाइलट अपरेशन सुरु हुनु अघि प्रणाली लागू गर्न ग्यङ्गि प्रान्त र इन्छन बाट सहयोग माग्ने योजना बनाएको छ।

कोरिया टाइमस् बाट

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...