छुसकको पहिलो दिन काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन हुने 


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा अधिवेशन गर्ने भएको छ । राजधानी सौल स्थित यति रेस्टुरेन्ट एण्ड बारमा समितिको सातौं अधिवेशन हुन लागेको अध्यक्ष प्रकाश योञ्जनले जानकारी दिएका हुन ।  

अधिवेशन बाट आगामी कार्यकालका लागि नयाँ  कार्यसमितिको निर्वाचन समेत हुने जनाएको छ । 

कोरियामा काभ्रेलीहरूको क्षेत्रीय संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) को आसन्न सातौं अधिवेशनमा कोरियामा रहेका सम्पूर्णलाई सहभागि हुन अध्यक्ष योञ्जनले अनुरोध गरेका छन् । “अधिवेशनमा उपस्थित भाई सफल पारिदिनुहुन कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार, शुभेच्छुक, ब्यबसायी, पत्रकार, कलाकार, बिध्यार्थी, खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त महानुभावहरूलाई हार्दिक अनिरोध गर्न चाहन्छु ।” अध्यक्ष योञ्जनले अनिरोध  गरे ।  

सन २०११ मा स्थापना भएको यस संस्था स्थापना काल देखि   नै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको छ ।  संस्थाले कोरियामा औधोगिक दुर्घटना, गम्भीर रोगको बिरामी, शारीरिक तथा मानसिक रूपमा समेत समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।

संस्थाले कोरियामा मात्र नभई नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ । कोरोना कालमा काभ्रे जिल्लाको १३ वटै स्थानीय निकायहरुमा  अक्सिजन सिलिन्डर तथा पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) लगायत सहयोग गरेको थियो । यस्तै यो बर्ष मात्रै जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो ।  

कार्यक्रम विवरण   

मितिः2023 सेप्टेम्बर 28(छुसकको पहिलो दिन)

स्थानः यति रेस्टुरेन्ट एण्ड बार(सउल)

ठेगानाः 서울 마포구 와우산로18길 20 홍대예티 1층

상수역 2 नम्बर गेटबाट 2 मिनेट अगाडी।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...