Advertisement
SKIP THIS

एनआरएनए जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा गोकुल शर्मा


गैर वासासिय नेपाली संघ जेजु शाखाको आइतबार अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गोकुल शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया अध्यक्ष दिपक पुन, बिशिष्ट अतिथी ICC सदस्य डा. विमल सुवेदी, अतिथीहरू एनआरएनए युवा संयोजक अमित थपलिया, नेपाल आदीवासी जनजाति महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किराँत याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बू, नेपाल तामाङ घेदुङ संघ जेजुदो शाखा प्रतिनिधि सानुमाया तामाङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक अध्यक्ष कोमल प्याकुरेल, NRNA जेजुदो प्रान्त निर्वतमान अध्यक्ष सुमन हाङस्रोङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक उपाध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख अर्जुन तुम्बापो, आमन्त्रित अथितीहरु एनआरएनए नवौ महाधिवेशन अध्यक्ष उम्मेदारद्धय विपिन गुरुङ र बुद्धि गुरुङ, उपाध्यक्षका उम्मेद्वार हरि प्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सास्कृतिक नृत्य ऋचा ब्लोन र पासाङ तामाङले गरेका थिए । अधिवेशनमा सामाजिक वार्षिक प्रतिवेदन संगै खुल्ला सत्र कार्यक्रम समाप्त भएको थियो । निर्वाचन मण्डल प्रमुख अर्जुन तुम्बापोको नेतृत्वमा ५ गजिन हाङस्रोङ, दिल ब. मगर, डिग गुरुङ र ऋचा ब्लोनले गरेका थिए । उक्त निर्वाचन मण्डलबाट सर्वसम्मत निर्वाचित १३ जना सदस्य समिती निर्वाचित भएका छन् ।

कार्यक्रमको सभाध्यक्ष एनआरएनए जेजुदो प्रान्त कार्यबाहक अध्यक्ष सुनिता ब्लोन, कार्यक्रम संचालन संस्थाको सह-सचिव घनश्याम अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सचिव के.पी न्यौपानेले राखेको थिए ।
कार्यसमितिमा उपाध्यक्ष रेजिना शेर्पा, कपिल राई, सरिता राई रहेका छन् । त्यस्तै सचिव खगेन मोक्तान, सहसचिव राजन निरौला र कोषाध्यक्ष सुरेन्द्र चन्द ठकुरी चुनिएका छन् । त्यस्तै सदस्यहरुमा पुरन घर्ती मगर, प्रतिज्ञा लामा, बिरू खापङ लिम्बु, रेणुका खड्का, डिजुङ शेर्पा र सानु माया तामाङ रहेका छन् ।
कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले जेजुमा आएर एनआरएनको अभियानमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिइन् । उनले छोटो समय नै भए पनि सहकार्य गर्ने सबैलाई धन्यबाद दिईन । साथै उनले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना पनि गरिन् ।

 

अन्य तस्विरहरू

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...