Advertisement
SKIP THIS

एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने


रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो ।

उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए ।

त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सय किलो मिटर दक्षिण पूर्वी क्षेत्र छुङछन नाम्दोको बंगुर फार्ममा राई बिहीबार बेलुकासम्म काम गरिरहेका थिए ।

शुक्रबार बिहान सबै काममा जाँदा पनि उनी नआएपछि कोठामा हेर्न जाँदा मृत अवस्थामा रहेको सोही काम्पनीमा काम गर्ने नेपालीले जानकारी दिएका छन् । ‘अहिले परिवार र दूतावासमा जानकारी दिएका छौं । सोमबारसम्म पोष्टमार्टमको रिपोर्ट आउँछ भनिएको छ । त्यसपछि शवलाई नेपाल पठाउने प्रक्रिया हुने रहेछ,’ झापाली समाज दक्षिण कोरियाका अध्यक्ष अजय श्रेष्ठले भने ।

शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु भएका नेपालीलाई यहाँ रहेका विभिन्न संघसंस्था मार्फत आर्थिक संकलन गरेर शव नेपाल पठाउने गरिएको थियो ।

नेपाल सरकारको तर्फबाट राजदूतावास मार्फत ५४ लाख वन (पाँच लाख ४० हजार) सहयोग दिने गरेको थियो भने कोरियाबाट नेपाल शव पठाउन झन्डै १ करोड २३ लाख वन (१२ लाख ३० हजार) भन्दा बढी लाग्ने गर्थ्यो । लामो सयमदेखि कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियामा मृत्यु भएका नेपालीको शवको सम्पूर्ण खर्च बेहोर्नु पर्ने माग राख्दै आएका थिए ।

तर पछिल्लो समय नेपाल सरकारकै खर्चमा शव नेपाल पठाउने गरिएको दूतावासका अधिकारीहरू बताउँछन् । ‘कोरियामा ईपीएस मार्फत आएर विभिन्न कारणले मृत्यु भएका नेपालीको शव पठाउन लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्छ । हामीले केही समय अघिदेखि नै यो प्रक्रिया सुरु गरेका छौं,’ नेपाली राजदूतावासका श्रम सहचारी चन्द्रकला वलीले भनिन् ।

वलीका अनुसार नेपाल सरकारकै सम्पूर्ण खर्चमा शव नेपाल पठाउने गरिएको छ । त्यसैले पनि पहिले झैं आर्थिक संकलन गर्नु नपर्ने उनले बताइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...