कोरीयामा अटिजम बालबालिका सहयोग अभियानमा जुटे नेपालीहरू
अशोक पोख्रेल
भनिन्छ नितान्त सामाजिक कार्यमा दिल खोलेर लागेमा त्यो भन्दा ठुलो धर्म कमाउन अन्त कतै जानै पर्दैन। यही मान्यतालाई आत्मासाथ गर्दै विगत केही महिनाबाट कोरीयामा रहेका नेपालीहरूले “अटिजम बालबालिका सहयोग अभियान” चलाइरहेका छन्।
ठकुरी समाज दक्षिण कोरीयाका पुर्व अध्यक्ष, समाज सेवी, विक्रम ठकुरीको संयोजकत्वमा विभिन्न क्षेत्रका अगुवाहरूको सक्रियतामा बनेको यस अभियानको गठित समिती सक्रिय रूपमा लागीपरेको छ। कार्यविभाजन बाँड- फाँड गरेर अघि बढेको यस अभियान, नेपालमा गएको विनाशकारी महा- भुकम्पले गर्दा केही समय मन्द गतिमा रहेको थियो भने अहिले तिव्र गतिमा रहेको छ।
यस अभियानका सबै अभियान्ता, सहयोगी तथा सम्पुर्ण नेपालीहरूको चासो र सक्रियताको गति तिव्ररूपमा नै देखीएको छ। यस अभियानमा सहयोग गर्ने सहयोगीहरूको नामवली पनि दिन प्रतिदिन बढीरहेको छ। हुन त बुझेका र सहयोगी मनका धनी यस्तो नितान्त सामाजिक सहयोगी कार्यबाट टाढा रहने कुरा त हुने नै भएन।
त्यसो त कतिपय सहयोगी मनका धनीहरू यस अभियानको बारेमा थहा नपाएर टाढा रहेको कुरा पनी चलिरहेको छ। त्यसो भए,अटिजम भनेको के हो त ..?? यसको बारेमा बुझ्नु पनी यस अभियानको अर्को महत्वपुर्ण पाटो हो भने सबैलाइ यसको बारेमा जानकारी हुन आबश्यक छ।
अटिजम भनेको रोग हैन, वौदिक अपाङ्गता पनी हैन,यो मानब मस्तिष्कको एक विशेषता हो। यो बालबालिकाको नशा र तन्तुमा हुने एकप्रकारको विचलन हो। जसलाइ neuro development disorder पनी भनिन्छ। प्राय अटिजम २ देखी ३ बर्ष बिचको उमेरमा थाहा हुने गरेको पाइएको छ।
विश्वमा करिब ६८जनामा १ बच्चा अटिजम हुने तथ्याङक सार्बजिन भएको सन्दर्भमा नेपालमा यो संख्या करिब ३ लाख जति भएको अनुमान छ । अटिजम भएका ५ मा ४ जना छोरा र १ जना छोरीमा अर्थात छोरीको अनुपातमा छोरामा बढी भएको पाइएको छ। अटिजम भएका ब्यक्तिलाइ संञ्चारको चलन, सामाजिक रूपमा घुलमिल हुन कठिन, कल्पनाको लचकतामा कठिन, आफैं तर्क र विचार दिन नसक्ने, एकोहोरो पाराको आदि ब्यबाहार देखीन्छन् भने यसका विभिन्न सामान्य र जटिल प्रकार हुन्छन् ।
नेपालका गरिव, सुकुम्बासी, दुर्गम लगायत हरेक ठाउँ र बस्तीहरूमा यसले सताएको छ भने पुर्व- जन्मको पाप भनेर घृणा र अपहेलना गरेको पाइन्छ । अपहेलीत भएर, दाम्लो र खोरको जिवन विताएका यी जिवनहरूलाइ सरकारले पनी कुनै सहयोग र सक्रियता देखाएको छैन। तर यस्ता अटिजमहरू पनी उचित वातावरण पाइएमा नर्मल जिवन भन्दा कम हुँदैनन् भन्ने प्रमाण पनी समाजमा देखीएका छन्। अटिजम सम्बन्धी काम गर्ने थोरै संघ-संस्थाहरू अहिले अघि बढिरहेका छन्। त्यस्तै संस्थाहरू मध्ये २०६८ शालबाट काठमाण्डौं सिनामंगलमा अबस्थित, ” अटिजम विशेष स्कुल तथा पुनर्स्थापन केन्द्र” ( SSDRC) एउटा सक्रिय संस्था हो।
नेपालको दोलखाबाट काठमाण्डौं आएकी,सहयोगी मनकी धनी, समाज सेवी,- सविता उप्रेतीले स्थापना गरी अहिले आफै सञ्चालक प्रमुख रहेर सञ्चालन गरिरहेकी छन् । उनले आफ्नो विवाह गर्ने खर्च,रू ५ देखी ७० हजार सम्म आफन्तहरू संग मागी ५ लाख जम्मा पारेर सञ्चालन गरेको उक्त संस्था अहिले करिब २६ कर्मचारीमा रहेको छ भने ४० भन्दा बढी अटिजम नानीहरूले सेवापाइरहेका छन्।
नेपालका शरणार्थी, सुकुम्बासी शिवीर, दुखपाएका पिछाडीएका बस्तीहरूका अटिजम बच्चाहरूको दाम्लोमा रहेको जिवन देखेर उनले भारत गएर आबश्यक तालिम समेत लिएर यस पवित्र कार्यमा जुटेकी हुन। वर्तमान समयमा गरिब, शरणार्थी ,निम्न बर्गका अटिजमहरूलाइ नि:शुल्क तथा अलि माथिल्ला परीवारका अटिजमहरूलाइ आबश्यक शुल्क लिने गरेको बुझिएको छ।धेरै अटिजम बालबालिका नर्मल सरह सक्रिय रहेको, सिपमुलक तालिममा भएको , उचित तालिम- शिक्षा उपचार- सेवा दिइरहेको पनी अबस्था छ।
तर अर्को पाटो यस्तो सामाजिक विषयमा सरकार निस्क्रिय त छदैं छ भने आर्थिक पक्ष ज्यादै नाजुक अबस्थामा चलिरहेको छ। यसरी जेन- तेन चलेको संस्थालाई अटिजम बच्चाहरूका केही अभिभाबक, समाजका केही वुद्दीजिवीहरू , सहयोगीहरू ,विदेशमा रहेका मनका धनी सहयोगी नेपालीहरू आदिको सहयोगबाट मात्र चलेको बुझीएको छ ।
यसरी,यस्ता विभिन्न समस्या नै समस्याको विच जेनतेन गुजरा चलिरहेको यो नितान्त सामाजिक संस्थालाई कोरीयाबासी नेपालीहरूले गरेको अर्थात थालेको यो “अटिजम बालबालिका सहयोग अभियान ” एक उदाहरणिय अभियानको रूपमा लिइएको छ। वर्तमान समयमा दक्षिण कोरीयामा १०० भन्दा बढी संघ – संस्थाहरू रहेका छन् सबैले यस अभियानमा साथ दिनुपर्ने देखीन्छ।
सत्य कुरालाई सत्य नै भन्नुपर्छ यो साँच्चै नितान्त, विशुद्द सामाजिक सेवा हो, अभियान हो, यसमा २ मत छैन र हुँदैन पनी। मन ठुलो पारेर, धर्म नै कमाउने, आत्मानै सन्तुस्टी पार्ने हो भने एक पल्ट यस अभियानमा सबैले खुलेरै सहयोग गर्नैपर्ने देखीन्छ । यस अभियानका अभियान्ताहरू, सहयोगीहरू सबैले खुलेरै अटिजमको प्रचारमा लाग्नुपर्ने पनी देखीन्छ र लागीरहेका पनी छन् ।
सहयोग भनेको सक्दा र हुँदा गर्न कुरा हो जसका लागी प्राय सबै कोरीया बासी नेपालीहरू सक्षम नै देखीन्छन्। सहयोग भनेको एकजनाले धेरै गर्नुपर्छ भन्ने कुरा पनी हुँदैन, सबैले गरेमा थोरै- थोरै सहयोग पनी यस संस्थाको लागी भने ज्यादै ठुलो रहात पक्कै हुनेछ। यस अभियानले यही आउने कोरियन चार्ड छुसकको आस- पासमा ” विशेष स्कुल तथा पुर्न स्थापना केन्द्र ” की सञ्चालिका सविता उप्रेतीलाई बोलाई, एक कार्यक्रमको विचमा सहयोग रकम हस्तानान्तरण पनी गर्ने बताएको छ।
त्यही भएर होला अहिले, यस अभियानको पहलमा सबै समाज सेवी, ब्यापारी, वुद्दीजिवी,संघ- संस्थाका प्रतिनीधी, पत्रकार लगायत सम्पुर्ण कोरीयाबासी नेपालीहरू सक्रिय रहेकाछन्। यस उदाहरणिय महान कार्यमा ढिला नगरि जति सक्दो छिटो मन खोलेर सबैले सहयोग गर्नुपर्ने र अभियान सफल बनाउनु पर्ने देखीन्छ। यस महान सामाजिक अभियानमा जुटेका नेपालीहरूले एउटा राम्रो सन्देश दिन खोजेको अनुमान सबै तिर गरिएको पनी छ।