Advertisement
SKIP THIS

गर्मी बिदाको के छ योजना ?


ऐश्वर्य श्रेष्ठ,सोल-जुलाई अन्तिम अगष्टको पहिलो हप्ता कदक्षिण कोरियाको विभिन्न कम्पनीहरुमा गर्मी बिदा हुन्छ । कोही साथीहरुको जुलाईको अन्तिमबाट होला,कोहीको अगष्ट पहिलो हप्तामा ।

 

गर्मी बिदा मनाउन योजना र सोच बनाउदैं हुनुहुन्छ होला ।यो एउटा राम्रो अवसर पनि हो साथी भाइसंग भेटघाट गरेर रमाईलो गर्ने ।कोही पिकनिक जाने सोंचमा हुनुहुन्छ होला ।कोही एक ठांउमा भेला भएर जम्ने विचारमा हुनुहोला भने कोही विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने विचारमा हुनुहोला ।कतिपय साथीको कम्पनी व्यस्त भएर छुट्टी नहुने अवस्था पनि होला ।

 

 

 

गर्मी बिदाको दिन नजिकीएको बेला कोरियनहरु भने गर्मी बिदामा घरमैं रहने भएको छन् ।ईल्बो चुसनले बताए अनुसार १ हजार युवायुवतीमा गरिएको एक अध्ययनमा ५१.७ प्रतिशतले गर्मी बिदा भ्रमण गर्ने रुची नभएको बताएका छन् ।

 

एक २६ बर्षीय कोरियन कामदार भन्छन् ‘सोलको एक होटेल बुक गरेको छु गर्मी बिदाको लागि घर र अफिसबाट टाढा बसेर फिल्म हेदैं समय बिताउने छु।’३० बर्षीय कामदार जेजु टापु घुम्ने सोंचमा छन् ।जेजु उडनका लागि टिकट काटीसकेका उनले भने ‘ रिसोर्टमा बसेर वरिपरिका दृश्य अवलोकन गर्नुका छुटटैं मजा छ ।’अर्का एक जना शिक्षक भने आफनो श्रीमानसंग सधैं विदेश घुम्न जाने यसपाली भने घरमा बसेर आराम गर्ने सोंचमा छिन् ।
जब कोरियाले गरेको सर्भेक्षणमा भनिएको छ गत बर्षको तुलनामा गर्मी बिदा मनाउन जानेको संख्या जुलाई र अगस्टमा बढी हुने भएता पनि यो बर्ष २० प्रतिशतले कमी आएको जनाएको छ ।चुंआंग विश्वविधालयकी समाजशास्त्री शिन क्योंग योंग भन्छिन्,’मानिसहरु कामदारलाई कामको चापको कारण र सामाजिक मुल्य र मान्यताबाट टाढा भाग्न चाहन्छ ।’

 

कोरियामा रहेका विभिन्न संघसंस्थाहरुले पनि विविधि कार्यक्रमहरुको आयोजना गरेर गर्मी बिदा मनाउने भएका छन् ।नेवा पुंच दक्षिण कोरिया र झापा मिलन समाजले अगस्ट २ तारिखको दिन पिकनिकको आयोजना गरेको छ भने सोही दिन किरांत याक्थुम चुमलुंग कोरियाको सुवनमा अधिवेशन हुदैंछ ।

 

तपाई पनि कोरियाको विभिन्न ठांउको भ्रमण गर्न सक्नुहुन्छ ।सोल,बुसान,जेजु लगायत धेरैं रमाइलो ठाउंहरु कोरियामा छन् जहां तपाई साथी भाइसंग जान सक्नुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...