कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न


दक्षिण कोरियाको राजधानी सोलमा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिन सम्म चलेको एक्स्पोमा नेपालबाट सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का टे«जर्सले सहभागिता जनाएका थिए ।
बुद्ध र बौद्धधर्मका विभिन्न पक्षलाई प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाईल्यान्ड लगाएतका बुद्ध धर्म मान्ने देशहरु सहित कोरियामा रहेका झन्डै चार सय भन्दा बढि बौद्ध धर्म सम्वन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेको प्रर्दशनीमा पाँच लाख मानिसले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
सन् २०१३ देखि सुरु भएको बुद्धिजम एक्स्पो कोरियाको बुद्ध धर्म सम्वन्धी सबै भन्दा ठूलो एक्स्पोमा पर्छ । नियमित रुपमा सहभागिता जनाउँदै आएको लक्की थाङ्काका किरण न्यौपानेले नेपालबाट कोरिया आएर देश र बुद्धको बारेमा भन्न पाउँदा खुशी लाग्ने बताए । ‘हामी निरन्तर सहभागिता जनाइ रहेका छौं । यस्तो सहभागिताले नाफाघाटा भन्दा पनि नेपालको बौद्ध धर्म र हाम्रा पराम्पराका बारेमा जानकारी दिन पाउँछौं । नेपाली थाङ्काको पनि राम्रै बजार छ यहाँ ।’ उनले भने ।
धेरै कोरियालीलाई नेपाल बुद्ध जन्मेको देश हो भनेर भन्ने पनि थाहा नभएको सोल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दार्जे लामाको अनुभव छ । ‘म लामो सयम देखि कोरियाको बौद्धमार्गीहरुसँग सहकार्य गरेर काम गरि रहेको छु । धेरैलाई हाम्रो देशमा बुद्ध जन्मेको भन्ने नै थाहा छैन । त्यसैले यस्तो ठूलो एक्स्पोमा हामीले हाम्रो देशको बारेमा भन्न सके नेपालमा धार्मिक पर्यटन भित्रिन सक्ने सम्भावना छ । यस्तो ठूलो एक्स्पोहरुमा हाम्रो सरकारी पक्षबाटै चासो दिनु पर्छ ।’
कोरियामा सन् २०१५ को जनगनणा अनुसार देशको जनसंख्याको १९ प्रतिशत अर्थात ७६ लाख मानिस बौद्ध धर्मालम्बी भएको तथ्यांक छ । आधा भन्दा बढि जनता कुनै पनि धर्म नमान्ने कोरियामा इसाई धर्म पछि दोस्रो ठूलो धर्मको रुपमा बौद्ध धर्म रहेको छ । कोरियाली बौद्ध पराम्परा र विश्वमा भैरहेको बौद्ध धर्मका विभिन्न पक्षलाई प्रर्दशनीमा राख्ने प्रयास भएको बुद्धिजम एक्स्पोका आयोजक जोगे अर्डर अफ कोरियन बुद्धिजमले जनाएको छ ।
एक्स्पोमा कोरियाली बौद्ध गुरुहरुले सम्बोधन गरेका थिए भने कोरियाली व्यान्डहरुले लाईभ सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...