Advertisement
SKIP THIS

वाह क्या गजब छ जिन्दगी


ऐश्वर्य श्रेष्ठ,सोल -उचालेर हेर्छु, थेचारेर हेर्छु म आफनैं सपनाका पानाहरुलाई हरेक दिन ।के गर्नु जति सपना कुंदे पनि प्रत्येक दिन एउटैं रुटिनमा एउटैं बाटोमा हिडनुपर्छ ।कहिलेकाही सोच्ने फुर्सद मिल्यो भने हजार सपनाहरुलाई उठाएर एउटा पहाड बनाउने गर्छु ।

यसरी सोच्छु म कहिलेकांही कोरियामा काम गरेको पैंसाले थोरैं भएपनि परिवारका स साना खुशीलाई टाल्न सकिदोरहेछ ।साथीभाइले मागेको बेला मुख टाल्न सकिदोरहेछ ।मन लागेको बेला खुलेर जम्न पनि पाइन्छ ।कहिलेकाही आफुलाई पनि खुशी लाग्छ ,दुख गरेर गरेर कमाएको तलब कम सेकम समयमा विना अवरोध त पाइन्छ ।दुई चार जोर आफनो मन पर्दो कपडा फेर्न नि पाइने अनि चिटिक्क परेर हप्तामा एकचोटी फुर्सद पाको बेला राम्रो फोटो खिचेर मुहार पुस्तिकामा हालेपछि डांडापाखामा घास दाउरा गर्दै तल्लो घर माथिल्लो घर धाउदैं गरेका साथीभाइ यसो हेरेर भन्छन्,वाह मोज छ यसको जिन्दगी। कहिलेकाही आफु पनि भ्रममा परिदोरहेछ के सांच्चैं गजब छ कि क्या हो जिन्दगी भनेर ।

तर संसारले देख्ने बाहिरी कथा मात्र रहेछ, लुकेको पिडा देख्ने आफु बाहेक अरु कोही हुन्न ।सुकिलो मुहारमा सुख देख्ने मान्छे हौं हामी ।हामी कहिलेपनि फाटेको कपडा भित्र खुशी भेट्न खोज्दैनौं ,सानो खुशीमा खुलेर रमाएका ती मानिसलाई चिन्न सक्दैंनौं ।

 

कहिलेकाही आफुलाई फर्केर हेर्छु ,लाग्छ संसारको सब भन्दा गहिरो खोंच अरुण उपत्यकामा बसेर हिमाल भन्दा अग्लो सपना देख्ने मान्छे म नैं हुं ।अनि बसन्तमा फुलेका फुलहरुजस्तो रंगीबिरंगी रहरका थुंगाहरु आंखाको डिलमा सजाईएर हाना नदीको किनारमा छालहरुसंग घोत्लीरहने मान्छे पनि म नैं हुं ।आफुलाई एकान्तमा रुमल्याउन पाउदा लाग्छ म ठुलैं कवि वा लेखक हुं ।लेखेर नसकिने शब्दहरु हिंउ झरेजस्तो फुरुरु फुर्छ त्यही पनि काम गरुन्जेल ।काम सकेर रुममा पुगेर एकछिन आराम गर्दँ सबैं कुरा भस्म हुन्छ बालुवामा पानी खन्याएजसतो ।
सोच्छु कहिलेकाही दिमाग खाली भएको समय सोजुको बोतललाई सुम्सुम्याउदैं जेलजस्तो गुफामा बसेर खैं कसरी नयां नयां सपनाहरु उन्न सकुं ।कुवाका भ्यागुताजस्तो कुवाभित्र टवार्र टवार्र गरेर आफनो आवाज मेसिनलाई सुनाउन बाहेक के नैं पो छर ।

 

यस्तो लाग्छ यदि मेरो माटोमा यति नैं हिडेको भए म मेरो देशको पुर्व पश्चिम राजमार्ग छिचोलीसक्थे होला । यति धेरैं म आफनैं प्राणभुमिमा मेहनत गर्न सक्थे भने मेरो बाबाले जोडिदिएको त्यो डांडा पाखामा कयौं सुनाखरी र गुंराशहरु फुलाउन सक्थे होला ।

 

दुखेका मनहरु बोकेर, सुकेका शरीरका फुस्रिएका सपनाहरु टकटक्याउदैं गगनचुम्बी भवनहरु मुनि म एउटा सपना बुन्छु । हांसो लाग्छ, आफनैं सपनादेखि ,आफनैं रहरहरुदेखि, तैंपनि बांच्नुपर्छ यहां एउटा नाटकको पात्र भएर ।

 

कसैंले खिल्ली उडाउछन्,कसैंले धज्जी ।खुट्टा तान्नेको लर्को भेटिन्छ पाइलैंपिच्छे,गांसैंपिच्छे ढुंगा भेटिन्छ,तरपनि यद्दपि हांस्नुपर्छ, बहाना बनाएर,नाक खुम्च्याएर बाध्यताको आंखीझयालबाट ।आफनो बारेमा केही पनि ख्याल नराख्नेहरु अरुको चियो चर्चा मात्र बढी गर्दरहेछन् ।आफुलाई भीमकाय हात्ती ठानेर अरुलाई लात्ता हान्दैं हिडने समाजका भिडमा उभिएका कयौं मेरा सहपाठीहरु कोही मसंगैं बेल्चा उचालीरहेका छन्, त कोही सपनाको टाड छापेर मसाल जुलुश बोकेर भुकम्पले थिलथिलो भएको मेरो देशको अंगहरुमा नाराबाजी गर्दै नांचीरहेका छन् ।

 

नेताले देश बिगारे भन्दैं चियापसलमा शिक्षक साथीहरु गफ चुटेर बसीरहेका छन् ।पत्रकार साथीहरु आफनो तलब नआको छ महिना काट्यो भन्दैं समाचार बटुल्न सिंहदरबार धाउदैंछन् । सत्ताको खेलमा कुर्सी तानातानमा रमाईरहेका राजनीतिक दलहरु ।पढेका शिक्षितहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले यो धरती छोडनु भनेर सपनाका लालटिन उचालेर उड्न हतारिहेका भेटिन्छन् ।

हो म त्यही देशको नागरिक हो जहां पहाडमा मेरा बा हलो जोतीरहेका छन् भने आमा खेत बारीमा घासदाउरा गदैं बुढेसकालको जोहो गरीरहेकी छिन् ।हो मेरो देश त्यही हो जहां हाम्रा सन्तानहरु पाठशाला नभएर पढन नपाएर थांगनोको भकुण्डोमा रमाइरहेका छन् ।
हामीले नखनेपछि बाटो कहां बन्छ अनि हाम्रो गगनचुम्बी सपनाको महलहरु ।हामीले आज दुख नगरेपछि भोलीका सन्तानहरुले क्या खराब छ जिन्दगी भनेर पुराना पुस्ताहरुलाई सराप्ने छन् ।

 

ती सपनाका भकुण्डाहरुलाई उर्जामा बदलेर देशको निर्माणमा उर्जाशील तपाई हामी समयमा आफनो देश फर्केर केही गर्ने सोंच बनाऊ ।सुन्दर, शान्त,विशाल नेपाल भनेर गर्वले आफनैं बारीको डिलमा बसेर छात्ती फुलाउदैं भन्न पाऊं वाह क्या गजब छ जिन्दगी आफनो माटोमा ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...