Advertisement
SKIP THIS

नेपाली जनसम्पर्क समिति नर्वेले वि पी स्मृति दिवस मनायो


केशब पुरी ,नर्वे -नेपाली जनसम्पर्क समिति नर्वेले ३३ औं वी पी स्मृति दिवसको दिन अन्तरक्रिया तथा प्रस्तावित नेपालको संबिधान २०७२ मा सुझाब संकलन गरी मनाएको छ ।
बुधबार नर्वेको राजधानी ओस्लो स्थित लोरेनमा आयोजित सो कार्यक्रममा उपस्थित रहेका नेपालीहरुले स्व. विश्वेश्वरप्रसाद कोइरालालाइै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक तथा नेपाली साहित्यका एक मुर्धन्य व्यक्तित्वका रुपमा चित्रण गरि हार्दिक श्रद्धा सुमन व्यक्त गरेका थिए।

प्रस्तावित नेपालको संबिधान २०७२ मा नेपाली जनसम्पर्क समिति नर्वेका पदाधिकारी, सदस्य, सल्लाहकार र कार्यक्रममा उपस्थित बुद्धिजीवीहरुले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्नेमा जोड दिएका छन् ।

साथैं वडाध्यक्षको व्यवस्था हुनुपर्ने, समानुपातिक व्यवस्था पूर्णरुपमा खारेज हुनुपर्ने, एउटा व्यक्ति दुर्इ कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाइने, केन्द्रिय सरकारको नियन्त्रण रहने गरि नामांकन र सिमांकन सहितको संघियता आउनु पर्ने जसका नामांकन भौगोलिक र साँस्कृतिक महत्वका विषयलाई आधार बनाएर राखिनु पर्ने, आरक्षण जातका आधारमा नभई सामर्थ्यका आधारमा दिइनुपर्ने, मानवतस्कर, ज्यानमारा, बलात्कारी र भ्रष्टाचारीलाई आजीवन काराबासको सजाय हुनुपर्ने भनि कार्यक्रममा उपस्थित एवं सहभागी अधिकांशले नेपाली जनसम्पर्क समिति नर्वे मार्फत सुझाब दिएका छन्।

 

कोइरालाको योगदानको जति चर्चा र प्रशंशा गरेपनि कम हुने भन्दै वी पी ले देखाउनु भएको मार्गमा आजका नेपाली कांग्रेस र यसका नेताहरु सहि ढंगले हिड्न सकेमा उनीप्रतिको सच्चा श्रधान्जली यहि हुनेछ भनि कार्यक्रमका प्रमुख अतिथि शालिग्राम अर्याल, समितिका वरिष्ठ उपाध्यक्ष जितेन्द्र विक्रम शाही लगायतले आफ्ना भनाइहरु राखेका थिए।
कार्यक्रमको सभापतित्व र समापन समितिका अध्यक्ष जीवन बहादुर शाहीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन वी पी स्मृति एवं अन्तरक्रिया कार्यक्रमका संयोजक तथा समितिका महामन्त्री केशव पुरीले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...