Advertisement
SKIP THIS

मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न


कोरियाको मध्य पूर्वी भेगमा रहेको मुन्माक र जेछन क्षेत्रमा रहेका नेपाली फूटबल टिम मुन्माक एनएफसी र जेछन एनएफसी विच गत आइतबार मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । मुन्माक स्थित एक खेलमैदानमा भएको उक्त प्रतियोगितामा मुन्माकले जेछन विरुद्ध ३-२ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा मुन्माक एनएफसी विजेता बनेको हो ।

जेछनका खेलाडी किशोर लिम्बुले दुई गोल गरे पनि मुन्माकको तर्फबाट टिम कप्तान सुनिल राईले एक गोल र समीर लिम्बुले दुई गोल गर्दै खेलमा मुन्माक अग्रता लिएको थियो । एक आपसमा सद्भाव, आत्मीयता र मैत्रीभाव अभिबृद्धि गर्ने अभिप्रायले आयोजित दुई फूटबल टिम विच नभएर दुई क्षेत्रमा रहेका नेपालीहरुको सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । यसै अवसरमा मुन्माक कोरिया बसाईलाई बिट मार्दै केही दिनमा स्वदेश प्रस्थान गर्दै गरेको एनएफसीका टिम कप्तान सुनिल राईको शुभयात्राको कामना सहित सम्मान तथा विदाई कार्यक्रम पनि जोडिएको थियो ।

मुन्माक र जेछन विचकै पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको र प्रतियोगिता अति नै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र उत्तिकै उत्साहजनक भएको वन्जु मुन्माक मैत्री समाजका अध्यक्ष विष्णु खत्रीले बताए । कोरोना कहरले जनजीवन सामान्य हुँदै गईरहेकोले यो खाले प्रतियोगितामा निरन्तरता हुने अपेक्षा र विश्वास सोही संस्थाका सल्लाहकार सन्तोष गुरुङले थपे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...