गौतम गोलेको ‘म्राङसेम खाबा…’ सार्वजानिक

मोडल गौतमले गीत सार्वजानिक भएपछि पहिलो प्रयास राम्रो रहेको प्रतिक्रिया सन्देशहरु आइरहेको बताए । कोरियाको दैनिक कामको व्यस्ततामा पनि केही छुट्टीका समयलाई भ्याइनभ्याइ नयाँ काम गर्न पाउँद खुशी भएको उनले बताए । पहिलो प्रस्तुतिमा भएका कमी कम्जोरीलाई सुधार्दै यस्तै–यस्तै सल्लाह सुझावलाई सहर्ष स्वीकारेर अबको दिनमा राम्रो काम गर्ने र निरन्तरता दिने मोडल गौतमले बताए ।
लगभग ७/८ बर्ष कोरियामा रोजगारीको सिलशिलामा बस्दै साप्ताहिक बिदामा विभिन्न म्युजिक भिडियो र घुमघामको ‘ड्रोन’ फुटेज खिच्दै आइरहेको गौतम गोलेले मोडलिङमा क्षेत्रमा प्रवेश भएको छ । यो गीतमा मोडल गौतमले नै दृश्य सम्पादन र कलर कलेक्शन गरेको छ । उनैको निर्देशनमा रकेको भियिडोलाई मनोज गुरुङले छायाँकन गरेको छ । सन्जीता गुरुङले मेकअप गरेको छ ।
रुपेन मोक्तानको लेखनमा रहेको गीतलाई गायक छेटुप लामा मोक्तानले संगीत र फनिन्द्र राईले एरेन्ज गरेको छ । छेटुप मोक्तानको ‘छुर्पीको दाना, डम्फूरि चरी फिर फिर’ को संगीतकार र गायक हो । पर्पर स्टुडियोमा रेकर्डिङ गरेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेको छ । गीत सार्वजानिक भएपछि ‘मांगोलियन गुप’का साथीहरुले बधाईसाथै आगामी दिनमा निरन्तरताको लागि शुभकामना दिएका छन ।