रङ्गीन चस्माले नदेखेको सुन्दर नेपाल
कुमार क्षेत्री
मेरो किशोरावस्थाको सुरुवाती चरण त्यती उत्ताउलिएर आएन न त चन्चल स्वभाब न त चुलबुले बानी न त तेस्तो बैंसको उन्माद नै बरु त्यस्ले मभित्र एउटा अनौठो गाम्भिर्यता लिएर आयो कुनै पनि बिषयलाई सतह भन्दा धेरै गहिरिएर सोच्ने बानी बनायो सायद तेसैको प्रभाब हुन सक्छ हाल म बिदेशमा छु । एकदिन साँझपख हाम्रो घरमा परालको आगो सल्किरहेको थियो त्यसो त घरमा आगो बल्नलाई के नै पो चाहिन्छ र ? त्यही पनि एउटा गरीबको घरमा किचलो भैरहनु प्राय सामान्य नै मानिन्छ।
पारिवारिक बिषयमा सामान्य भनाभन भैरहेको थियो त्यही हल्लाखल्ला सुनेर हो क्यारे तल्ला घरे राइ कान्छा टुप्लुक्क झुल्किए, उनी आइपुग्नासाथ किचलो पनि साम्य भैहाल्यो उनले सबैलाई एकैठाउमा राखेर सम्झाउन थाले र अन्त्यमा उनले निकालेको निस्कर्ष म बन्न पुगे । आर्थिक अभाबको कारण दैनिक जसो चलिरहने बिबादको निर्बिबाद बिकल्प म बने र त्यो निस्कर्ष थियो म लाहुरे बन्नु पर्ने, हुन त राइ कान्छाले त्यस्तो सुझाब नदिउन पनि कसरी १० बर्ष दुबाई बसेर आएका ब्यक्ती उखरपात कमाइ गरेका थिए मासिक १ लाख भन्दा बढी कमाउथे रे २ ठाँउमा घर ठड्याइसकेका घडेरी त उनले कहाँ कहाँ किने सायद उनैलाई थाहा नहोला मेरी आमा बारबार उनको प्रगतिको चर्चा गरिरहनुहुन्थ्यो, आमा त के पुरा गाउ नै उनको चर्चाको केन्द्रमा रहन्थ्यो त्यस्ता बैदेशिक बिगत बोकेका ब्यक्तिले त्यही प्रस्ताब ल्याए, साँझपख उनको सम्झाउने पालो मलाई थियो सर्टमाथी भिरेको एउटा रङ्गिन चस्मा देखाउदै भने “थाहा छ तिमीलाई यो चस्मालाई कती परेको होला ?”
हेर्दैखेरी रङ भरिएको त्यो चस्मा त्यस अघिसम्म मैले कहिले देखेको थिइन पक्कै महँगो हुनपर्छ मलाई त्यस्तै लाग्यो “यो चस्माको मुल्य ५० हजार रुपैया हो मेड इन जापान पत्याउने कुरा नहोला तिमीलाई तर यसलाई ५० किन पर्यो थाहा छ यसले अध्यारोमा पनि छर्लङ्ग देखाउछ छेउछाउका सानातिना नदेखिने चिज पनि राम्रो सँग देखिन्छ अरू पनि धेरै छन यसका बिशेषताहरु” उनको कुरा यसो सुन्दा एउटा गफै लाग्यो तर त्यो सही पनि त हुन सक्थ्यो नि किनकी त्यतिका समय बिदेश बसेर करोडौं कमाएका ब्यक्ती फेरी उनको जस्तो त्यो किसिमको चस्मा गाँउमा अरु कसैले लगाएको मैले देखेको थिइन त्यसैले पत्याउन करै लाग्यो, उनको शान, इज्जत, प्रतिस्ठा त्यो ठाँटिलो रवाफ र बिशेष गरी उनले लगाएको त्यो रङ्गिन चस्माले मभित्र इर्ष्याको एउटा पहाड खडा गरिदियो एकाएक ति सबलाई पुर्ति गर्ने चाहना बढेर आयो र अर्को कुरा मेरो परिवारलाई गरीबी दुख समस्याको जन्जालबाट मुक्त गराउनु अर्को कर्तब्य थियो त्यसैले उनको त्यो सल्लाह सुझाब निसंकोच स्विकार्नु नै उचित ठाने रङ्गिन चस्मा लगाउने रहरमा सुरुवातबाटै अनेकन बाधाअड्चन झेल्नुपर्यो साँच्चै बिदेशिन पनि त्यती सजिलो कहाँ हुने हो र ? एउटा दिन जुर्नैपर्ने थियो अन्तत: त्यो दिन पनि जुर्यो र म नेपालबाट बिदेश पलायन भए । बिदेश छिर्न जति गार्हो भयो त्यो भन्दा हजारौ गुना पैसा कमाउन गार्हो भयो अर्को अनुभब सङ्गाल्न पुगे पैसा बोटमा नफल्दो रहेछ रङ्गिन चस्माको त्यो सपना पुरा गर्न धेरै नै गार्हो पर्यो ।
आज म एउटा बिकशित मुलुकमा छु ४० बर्ष अगाडीको एउटा कङ्गाल मुलुक आज बिश्वका बिकशित राष्ट्रको सुचिमा छ एकपटक सोचौ त यो कसरी सम्भब भयो घरमा सुतेर चौतारी तथा चोकमा गफ चुटेर र सडकमा टायर बालेर पक्कै पनि भएको होईन केबल काम गरेर भएको हो परिस्रम मिहिनेत र रगतपसिनाले आज यो मुलुक उर्बर बनेको छ मात्र यहाँ सुन फलेको छैन त्यसबाहेक माटोमा फल्ने चिज सबै फल्छ यहाँ त्योपनी बर्षैभरि, कुनै समय भोकमारिले भोकभोकै सुकेर मरेका रास्ट्र्का सङ्घर्षि नागरिकहरु आज चिल्लो कार गुडाएर हिड्छन न त यो रास्ट्र जलस्रोतको धनी छ न त यहाँ गौतम बुध्द जन्मे न त यहाँ सगरमाथा नै आएर ठडिए न त यसलाई प्रकृतिले नै सजाइन प्राकृतिक स्रोतको केहि नामोनिसान भेटिन्न यहाँ २,३ फिट हिउ जम्ने यो देश आज कसरी यो अवस्थासम्म आइपुग्यो होला सबैले बुझ्नुपर्ने आवश्यकता छ ।यो कुनै बेलाको अभागी रास्र्टका जनता आज मुठ्ठी र बाहुबलको भरमा आफुलाई संसारकै भाग्यमानी तुल्याएका छन तुलनात्मक रुपमा अझैपनी हामी नै भाग्यमानी छौ किनकी हामिसँग के छैन पुरा एसिया २४घण्टा झिलिमिली बनाउन सक्ने जलस्रोत छ, आकासे पानीको भरमा ३ बालीसम्म धान रोपिन्छ संसारलाई आकृस्ट बनाउने प्राकृतिक सम्पदा छन बास्तबमा एउटा स्वर्ग छ यहाँ केबल परिस्रम गर्ने हातहरु छैनन पसिना बगाएर खाने आटँ कसैको छैन यहाँ सबै ब्यक्तिगत स्वार्थमा लागेका छन कोही नेताका धुपौरे बने २,४ छाक मासु र रक्सिका लागी आफ्नो र आफ्ना भाबी सन्तानका भबिष्य बर्षौदेखी खाडलमा जाक्दैआएका छन ।
आखिर कहिलेसम्म हामी अरुको पछी लागेर बस्ने सबैले आआफ्नो ठाउबाट एक एक मुठ्ठी उचाले केहि समय लाग्दैन मुलुक बनाउन तर सबै अल्छी छौ देशका लागी कसैलाई केहि गरिदिने फुर्सद छैन, सबै नेताकापछी सबै पार्टीका पछी आजकल त यस्तो दिन आइसक्यो कि नहोलान कोही स्वतन्त्र जनता जनमत सङ्ग्रह गर्दा जो देसका लागी हात उठाओस घरभित्रै लडाइ चलेको छ यहाँ घरभित्र बिबाद चल्छ यहाँ पार्टीका बिचारधारा लिएर, भुकम्पले मुलुक तहसनहस बनाउदा उद्दारमा कोही पार्टीका कार्यकर्ता निस्केनन बरु बिदेशी आएर सघाए, त्यसको केहि दिनपछी नेताका पछी लागेर सडकमा टायर बालियो हड्ताल गरियो,, म यत्तिसम्म अभागी छु कहिलेकाही त कोही बिदेशीले सोधे भने आफुलाई नेपाली हुँ भनेर भनौ या नभनौ दोधारमा पर्ने गरेको छु लिपुलेक बेच्छौ अनि १ खर्ब माग्छौ सुस्ता कालापानी बेच्छौ अनि अर्को खर्ब माग्छौ आखिर माग्नुपर्ने कारण के छ ? यहाँ तल्लो गर्हो खनेर बाली लगाए बर्षभरि खान पुग्ने उब्जाउ हुन्छ यहाँ तर के गर्ने बिडम्बना सबैलाई सुतेर खाने चाहना छ, बास्तबमा आज हामी सुनको कचौरा लिएर मागी हिड्दैछौ सुनको थाल ठटाएर गुहार माग्दैछौ एउटा लाजमर्दो अवस्था हो यो । रङ्गीन चस्माको खोजिमा आज यि बिषय मबाट ओझेलमा परेका छन तर आजकल मैले सपना देख्न छाडिसकेको छु मलाई चाहिदैन अब क्षणिक सुख !