Advertisement
SKIP THIS

छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने


कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने छङ्ऊप, थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै सन् २०२० मा स्थापना भएको “छङ्ऊप नेपाली एकता समाज” ले नयाँबर्ष २०७९ को उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । यही अप्रिल १७ मा नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम र Jeongeup Nepalese Football Club (JNFC) सँग सहकार्य गरी 9A साईड फुटबल प्रतियोगिता गर्ने भएको हो  ।

संस्थापक अध्यक्ष रुबिन रेग्मी र्यापर रहेको संस्थाले आफ्नो विधान अनुसार दुई वर्षमा अधिवेशन गरी राम थापा मगर अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । वर्तमान कार्यसमितिको संरचना अन्तर्गत अध्यक्षमा राम थापा मगर, उपाध्यक्ष निरज लामा कार्की,  उपाध्यक्ष टासी घले, सचिव दधिराम भट्टराई, सहसचिव कृष्ण क्षेत्री, कोषाध्यक्ष कमल खपाङ्गी मगर र सदस्यहरुमा सुर्य बि.क., तेजमान खरु मगर, सिजनजंग शाही, ज्योति तामाङ, हिमाल कार्की, दिनेश पोख्रेल, बालकृष्ण पौडेल, दिपक यसमाली मगर, सुनिल थापा र ज्योती मगर रहेका छन् । नवगठित कार्यसमितिले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा निरज सारु मगर, मिलन श्रेष्ठ, विजय राई, राजन थापा मगर र अनुप लामा रहेका छन्  ।

कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको उद्धेश्य बोकेको यस छङ्ऊप नेपाली एकता समाजले कोरियास्थित सबै संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्यको अपेक्षा गरेको छ । संस्थाले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम फुटबल प्रतियोगितामा कोरियामा रहनुहुने खेलप्रेमी नेपाली दाजुभाई, दिदिबहिनीहरुमा खेलमैदानमा उपस्थित भई खेलको शोभा बढाईदिनुहुन साथै मनोरञ्जन लिनुहुन हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...