जोगेजोङले विदेशी लामा तथा भिक्षु-भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)
कोरियान बौद्ध धर्म केन्द्र जोगेजोङले कोरियामा रहेका विदेशी लामा तथा भिक्षु भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्वर १ बुधबारका दिन सम्पन्न गरेको छ ।
साथै कार्यक्रममा देशहरू नेपाल, श्रीलंका, म्यानमार, कम्वोडिय, भेतनाम, थाइल्याण्ड, भारत, ताइवन, बांलादेश र जपानसहित १० मुलूकका नामावलीमा ५९ भएकोमा २९ जनाको मात्र उपस्थिती सम्पन्न भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम अध्यगमन भिषा र कोरियान बौद्ध गुम्वाहरूमा दिइने सहकारी भोजन (खाना) सम्बन्धी रहेको सउल नेपाल गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । उक्त कार्यक्रम विभिन्न देशका लामा तथा भिक्षु-भिक्षुणीहरूले आफ्नो देश अनुसारको गुम्वा बनाउने खानाको परिकारसमेत तयार गरेका थिए ।
विभिन्न समयमा जोगेजोङ गुम्वा (जोगेसा)ले आफ्नो देश कोरियामा रहेका प्रावासीहरू बसाइलाइ सहज र एकआपसमा प्रगढ सम्बन्ध कायम राख्ने उद्देश्य लिइ विविध कार्यक्रमहरू आयोजना गर्दै आइरहेको धार्मिक संस्था हो ।
उक्त प्रशिक्षण कार्यक्रम सउलस्थित जोगेसा टेम्पल स्टे भवन हलमा भएको थियो ।