Advertisement
SKIP THIS

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ सर्वसम्मत चयन ।


बोम्जन गुरुङ
०७ सेप्टेम्बर २०२१, सउल कोरिया ।

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत आईतबार किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टको एक हलमा संस्थाका अध्यक्ष रण तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष युगेल टेन्डुप शेर्पाको प्रमुख आतिथ्यतामा सो महाधिवेधन सम्पन्न भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष परी गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त महाधिवेशनमा संस्थाका महासचिव राम तामाङले संस्थाको प्रगति प्रतिवेदन सहित सम्पूर्ण आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “संस्कार-संस्कृति भाषा भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युगेल तेण्डुप शेर्पाले नेपाल एक बहुजातीय, बहुभाषीक, बहुसांस्कृतिक र भौगोलिक सुन्दरताले भरिपूर्ण चार जात छत्तीस वर्णको साझा फूलबारी भएपनि त्यस अनुरुप समान अधिकार हुनुपर्ने र आफ्नो जातीय अधिकार मागेर होईन खोसेर लिनुपर्ने खाँचो औंल्याए । साथै विशेष अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव राई लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका संरक्षक रबिन राईको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्य समितिलाई सपथ ग्रहण गराएका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ, वरिष्ठ उपाध्यक्ष उमेश राई, उपाध्यक्ष तेजु गुरुङ, उपाध्यक्ष कृष्ण महर्जन, महासचिव दरिन्जी शेर्पा, सचिव अम्बर लामा, सचिव विजय पुन, सचिव दिपेश राई, कोषाध्यक्ष कमला घले, सहकोषाध्यक्ष राम पुन मगर र सदस्यहरुमा रत्न कुमार बैद्य, सम्राट तामाङ, सूर्य नारायण चौधरी र गोपाल माझी सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा बिमल दोङ तामाङको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका महासचिव राम तामाङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर सहयोग गर्नुहुने समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...