Advertisement
SKIP THIS

कोरियामा स्याङ्जालीहरुको अनलाईन डाटा संकलन शुरु ।


बोम्जन गुरुङ
०५ मे २०२१, सउल कोरिया ।
स्याङ्जा जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका स्याङ्जालीहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि स्याङ्जा परिवार दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो ।
झण्डै साढे दुई दशक पुरानो यस संस्थाको वर्तमान केन्द्रीय अध्यक्ष विजय थापाले यो तथ्याङ्क संकलन आधारमा र सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव माधव अर्यालले अघि सारे । यसरी गुगल मार्फत भरिएको सदस्यता विवरण पूर्ण सुरक्षित र गोप्य रहने सहकोषाध्यक्ष कमल रेग्मी “धनु” ले जानकारी दिए ।
साधारण सदस्यता शुल्क १०,०००/- कोरियन वोन, खाता नम्बर ३५१-२११३-३४२३-५३ (농협 은행 कोड ०११), खातावाहकको नाम Regmi Dhan Prasad र विविध जानकारीका लागि सम्पर्क नम्बरहरु ०१०३७८५५४५०, ०१०४६९८४१३५, ०१०६२६०५१९७, ०१०५९४०२८९७ राखिएको छ ।
तल उल्लेखित लिङ्कमा क्लिक गरेर आफ्नो सम्पूर्ण आवश्यक विवरणहरु भरेर यो अभियानलाई सहयोग गर्नुहुन समस्त कोरियामा रहनुहुने स्याङ्जालीहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...