सउल नेपाल गुम्बाले २५६५ औं बुद्धजयान्ती मे २३ मा मनाउने

दक्षिण कोरिया । सउल नेपाल गुम्बा दक्षिण कोरियाले २५६५ औं बुद्धजयान्ती कार्यक्रम मे २३ तारिख आईतवारका दिन मनाउने भएको छ ।
नेपालको लुम्बिनीमा जन्मनुभएका महामानव गौतम बुद्धको जन्म बैशाख शुल्कपक्ष सप्तमीका दिन भएर २९ वर्षको उमेरमा गृह त्यागी ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन अमृतमय बोधीज्ञान प्राप्त गरी बुद्ध भएको मानिन्छ ।
उक्त विशेष दिनलाइ बौद्धधर्मलाम्बीहरूले बुद्ध जन्म जयान्ती विशेष विविध कार्यक्रम गरि मनाउदैं आएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।
गौतम बुद्ध ८० वर्षको उमेरमा वैशाख पूर्णिमा कै दिन महांपरी निर्वाण हुनुभएको पावन तिथिलाई भोटको भाषामा (साघा दावा) भनिन्छ । त्यसरी नै हामी बौद्ध मार्गीहरूले मान्दै आएका यस्तो महत्वपूर्ण बौद्ध महान चाडपर्व मध्येको यो पहिलो बृहत चाड बुद्धजयान्ती हो ।
कोरियाली बौद्ध प्रचलनानुसार लोटस् फूलमा इच्छुक महानुभावले आफ्नो नाम झुन्डाई पूजापाठ गर्ने गरिन्छ । १ वर्ष सम्म आ-आफ्नो मनोकांक्षहरू पूराहोस् भन्दै हरेक दिन लामाले नाम उच्चारण गर्दै पाठ पूजा गरिदिन्छ । इच्छुक सम्पर्ण महानुभावलाइ गुम्बामा सम्पर्क गरि नाम टिपाउन गुम्बाका प्रमुख लामाले अनुरोध समेत गरेका छन् ।
उक्त कार्यक्रम कोभिड-१९ को बढ्दो संक्रमणलाइ मध्यनजर गर्दै बिहान ११ देखि दिउँसो १ बजे सउल नेपाल गुम्बाको भवन परिसरमा हुने जानकारीसमेत दिनुभयो ।