Advertisement
SKIP THIS

कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान


बोम्जन गुरुङ, सउल कोरिया

उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात जस्तो जटिल रोगले अस्पतालमा अचेत अवस्थामा रहेका उपचारार्थ निर्मल गुरुङलाई कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाको विशेष पहलमा “निर्मल गुरुङ बचाउ अभियान” शुरु गरिएको छ ।

ईपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेको भएपनि हाल उनी अवैधानिक रहेको कारण बिमा सुविधाबाट बञ्चित भएको कारण एनआरएनए कोरिया र एमटियुको कानुनी सहयोगमा उक्त अभियान सञ्चालन गरिएको हो । कोरियाको थाङ्जिन क्षेत्रमा गत ११ तारिक दिउँसो अचानक बेहोस भएका उनलाई छुङ्छङनाम्दो थाङ्जिन छोङ्हाप अस्पताल (당진 종합 병원) मा भर्ना गरिएको छ । अझै अचेत अवस्थामा रहेका उनको रेजरिङ्ग मार्फत नशामा जमेको रगत निकालिरहनुपर्ने र अब तुरुन्तै टाउकोको जटिल खालको अपरेशन गर्नुपर्ने भएको छ । उपचार खर्च एक करोड कोरियन वोन (दश लाख नेपाली रुपैंया) आईसकेको अवस्थामा झनै जटिल खालको अपरेशनको लागि ठूलो रकम आवश्यक पर्ने भएको हो ।

कास्की जिल्लाको भदौरे पुर्ख्यौली घर र पोखरा लेखनाथ २ स्थायी घर भएका उनका घरपरिवारले समेत सहयोग अपिल गरेको हुनाले कोरियास्थित कास्की परिवार र तमू धींले संयुक्त विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग जुटाउन कोरियामा क्रियाशील विभिन्न संघसंस्था एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगको लागि अपिल गरेको छ ।

सहयोगको लागि खाता नं. 357-910387-65907

(KEB Hana 081)

खाता बाहकको नाम: Giri Prabin

सम्पर्क नम्बर : 01056370286

(जीवनमरणको दोसाधमा रहेका उनको जीवनरक्षाको लागि २०२१ जनवरी १७ देखि १५ दिनसम्म “निर्मल गुरुङ बचाउ अभियान” सञ्चालनमा छ ।  बिरामीको अवस्था र अन्य जानकारीका लागी जारी विज्ञप्ति हेर्नुहुन अनुरोध छ ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...