Advertisement
SKIP THIS

प्रवासी नेपाली एकता समाज कोरियाको अध्यक्षमा सृजना नेपाली, संसद विघटनको स्वागत


नेपाल कम्युनिस्ट पाटी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको अध्यक्षमा सृजना नेपाली चयन भएको छ । साथै संगठनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष परसुराम सापकोटा नेपाल फर्किएको थियो ‌। उनको राजिनामा स्वीकृत भएकोले सृजना नेपालीलाई आइतबार केन्द्रिय कमिटिको भर्चुअल बैठकले अध्यक्षमा चयन गरेको संगठनले जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रिय सदस्य, प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको प्रमुख आतिथ्य रहेका थिए । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य रहेको बिज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी संगठनको सचिवमा आन्जन कुलुङ राई लगायत ५७ जनाको केन्द्रीय समितिमा १६ जना सदस्यहरू थप गरि बृहत समिति निर्माण गरेको जनाएको हो । बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण भुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर,सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय गरेको छ ।

प्रेस बिज्ञप्तीमा
सम्माननिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष कमरेड के. पी. शर्मा ओली ज्यूले सरकार सञ्चालनमा असहज भएकोले मिति २०७७पौष ५ गते प्रतिनिधि सभा बिघटन गरि आगामी बैशाख १७ र२७ गते ताजा जनादेशको लागि निर्वाचन मिति तय गरि सकेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियालाई थप गतिशिल बनाउने उद्देश्यले मिति २०२१ जनवरि १० तारिक आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रिय सदस्य, प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्यमा मञ्चको केन्द्रिय कमिटिको भर्चुअल बैठक बसि कमरेड सृजना नेपालीलाई अध्यक्ष र कमरेड अञ्जन राईलाई सचिवमा चयन गर्ने निर्णय गरेको छ। यसै गरि मौजुदा केन्द्रिय कमिटीमा केन्द्रिय सदस्यको रुपमा बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण झुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर,सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय गरेको छ।

नेपाली जनताको चाहाना अनुसार स्थिर सरकार र त्यस मार्फत तिब्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केहि नेताहरुका नितान्त ब्यक्तिगत महत्वकांक्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गर्दै संबैधानिक र कानुनी प्रकृयाबाट सहज हुने कामहरुलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरुमा सौदाबाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा सम्माननिय प्रधानमन्त्रीले गर्नु भएको प्रतिनिधि सभाको बिगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया हार्दिक स्वागत गर्दछ।
अध्यक्ष
सृजना नेपाली

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...