Advertisement
SKIP THIS

रामेछाप सम्पर्क समितिको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा नविन श्रेष्ठ


रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज (जनवरी ३) भर्जुअल माध्यम जूम मार्फत भएको उक्त अधिवेशनबाट अध्यक्षमा नवीन श्रेष्ठ निर्वाचित भएको हो ।

अधिवेशनको औपचारिक कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष रवि प्रताप घिसिङले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली सम्पर्क समिति(एनसिसि)का उपाध्यक्ष श्री श्रेष्ठ रहेका थिए । त्यस्तै बिशेष अतिथिमा एनआरएन कोरियाका अध्यक्ष यदु लामिछाने र बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग रहेका थिए । साथै बागमती प्रदेश भित्रका जिल्ला समन्वय समिति कोरियाका अध्यक्षहरु अतिथिको रुपमा सहभागी भएका थिए ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले आहिलेको निवर्तमान अध्यक्ष र कार्यसमितिले गरेका कामहरुको खुलेर प्रशंसा गरेको थियो । साथै नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभ समेत ब्यक्त गरेका थिए ।

अधिबेशनको दोस्रो सत्र अर्थात बन्द सत्रबाट नवीन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नरेस मोक्तान, उपाध्यक्षमा सुमन कार्की, महासचिवमा बाबुराज बस्नेत तथा सचिबमा अभियान खडका
सचीव र सुरेस श्रेष्ठ, कोषाध्यक्षमा सरिता कार्की निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा जीवन मानन्धर, घनश्याम चौलागाईं, रजय लामा, छोनाम लामा, उषा तामाङ र हरि कार्की निर्वाचित भएको हो ।

निर्वाचित पश्चात् अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पनि पहिलेका कार्यसमिति र अग्रजहरुले जस्तै संस्थालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...