Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले “प्रथम भलिबल कप २०२०” को आयोजना गर्ने ।


बोम्जन गुरुङ,

सउल कोरिया ।
“स्वस्थ जीवनका लागि खेल’ भन्ने मूल उद्घोषसँगै नेपाली मौलिक चाडहरुको शुरुवात र आगमनको खुशियालीमा कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले “प्रथम भलिबल कप २०२०” को आयोजना गर्ने भएको छ ।
पछिल्लो समयमा दक्षिण कोरियाको कोभिड -१९ कोरोनाको सन्त्रास र स्थिति केही सहज देखिएकोले यही आउँदो अगष्ट ३० तारिक आईतबारका दिन थेगु शहर नजिकै कुजीको भलिबल खेल मैदानमा सो भलिबल प्रतियोगिता आयोजना गरिने भएको हो ।
नेपाली समुदाय तथा साथीभाइको सौहार्दपूर्ण भेटघाटको अपेक्षा सहित सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता रुपमा आयोजना गरिएको खेल संयोजक श्री डिलेन्द्र मगरले बताए । प्रतियोगिता संयोजक तथा संस्थाका बरिष्ठ सल्लाहकार बीरेन्द्र नौभाग्यले अहिले कोरोनाको प्रभाव अझै कायमै रहेकोले संयमित हुनुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यक्रमलाई सकारात्मक रुपमा लिन सम्बधित सबैमा आग्रह गरे । स्थानीय प्रहरी प्रशासन तथा स्थानीय कुजी नगरपालिका दुवैको अनुमति प्राप्त बमोजिम सुरक्षित तरिकाले प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाका बरिष्ठ उपाध्यक्ष मित्र मगरले थपे ।
“प्रथम भलिबल कप २०२०” प्रतियोगिताको विजेता र उप-विजेता टीमलाई आकर्षक नगद पुरस्कार सहित कप, मेडल र प्रमाण-पत्र प्रदान गरिने संस्थाका अध्यक्ष विष्णु वाग्लेले बताए । यही २३ अगष्ट २०२० मा थेगु स्थित कुजी खेलमैदानमा खेलतालिका (टाईसिट) सार्वजनिक गरिने संस्थाका प्रमुख सल्लाहकार रमेश मश्राङ्गी राना मगरले जानकारी दिदै सम्बन्धित टीमका टीम क्याप्टेन वा प्रतिनिधि लाई अनिवार्य उपस्थितिको लागि आग्रह गरेका छन् ।
यस “प्रथम भलिबल कप २०२०” प्रतिष्पर्धात्मक भलिबल प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक सबै खाले सहयोग गर्नुहुन विशेषत: थेगु आसपासमा रहेका शेल्टरहरु, संघ-संस्थाहरु एवं निकट हितैषी संस्थाहरु, परोपकार समाज कुजी लगायत कोरियावासी सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई स्याङ्जा परिवार थेगु शाखाले हार्दिक अनुरोध गरेको छ ।
खेल सम्बन्धि विविध सोधपुछ र जानकारीका लागी सम्पर्क :
रमेश मश्राङ्गी राना मगर     : 01064058789
बीरेन्द्र नौभाग्य                 : 01050192246
विष्णु वाग्ले                     : 01068264730
डिलेन्द्र मगर                    : 01077588505
मित्र मगर                       : 01058323708

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...